शनिबार, वैशाख १५, २०८१

सांसद–सभामुख दुवै संयम

पार्टीले कारबाही गरेका १४ जना सांसद उपस्थित भएको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज शुक्रबार पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ।
 |  आइतबार, भदौ २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २७, २०७८

काठमाडौं– पार्टीले कारबाही गरेका १४ जना सांसद उपस्थित भएको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज आइतबार पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ। सभामुख अग्निप्रसाद सापकोटाले ‘आजको बैठक सुरु हुन्छ’ भनिनसक्दै एमालेका सांसदहरु बेल घेर्न दौडिए र नाराबाजी गर्न थाले। 

triton college

सांसदहरुले पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद, गैरसांसदलाई प्रवेश निषेध गर, संसदीय मर्यदा कायम गर, संवैधानिक सर्वोच्चता कायम गर, पक्षपातपूर्ण व्यवहार बन्द गर लगायत नारा लगाएका थिए।

सभामुखले पटक पटक संसद् बैठक सञ्चालन गर्न दिन आग्रह गरे पनि सांसदहरु रोकिएनन्। सभामुख सापकोटाले बैठक अवरोध नगरी वार्ताको टेबलमा बसेर निकास खोज्न आग्रह गरेका थिए। ‘सहकार्य र समन्वय गर्नैपर्छ। बैठक सहज बनाऔं। संवादतिर जाऔं। वातावरण सहज बनाऔं। जनताको सर्वोच्च संस्थालाई त्यही थलोको रुपमा अघि बढाऔं,’ सभामुखले आग्रह गरे। केही सांसदले नाराबाजी गर्दा अरु सांसदको अधिकार हनन् भएको भन्दै उनले आफ्नो स्थानमा बस्न पटक पटक आग्रह गरेका थिए।

करिब २३ मिनेटको नारबाजीपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन्। 

एमालेले संसद् अवरुद्ध गरेको आज तेस्रो दिन हो। गत बिहीबार र शुक्रबारको बैठकमा पनि एमाले सांसदहरुले नाराबाजी गर्दै अवरोध गरेका थिए।

corrent noodles
Metro Mart

शुक्रबारको बैठकमा त ठेलमठेल र धकेलाधकेल नै भयो। एमालेका सांसदहरुले बेल घेरेर नाराबाजी गर्नुका साथै रोस्ट्रममा चढ्न कोसिस गरेका थिए। शुक्रबार तीनपटक संसद् बैठक बसेकोमा तीनैपटक एमालेले अवरोध गरेको थियो। बैठक अवधिभर नै एमालेका सांसदहरुले नाराबाजी गरिरहे। उनीहरुले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध नाराबाजी गरेका थिए।

नाराबाजीका कारण कारबाही अघि नबढाई पहिलो बैठक स्थगित गरेका सभामुखले दोस्रो र तेस्रो बैठक भने नाराबाजीकै बीच सञ्चालन गरेका थिए। पहिलो बैठकमा एमाले सांसदहरुलाई संसद्को कारबाही अघि बढाउन निरन्तर आग्रह गरिरहेका सभामुख सापकोटा दोस्रो बैठकमा भने पेलेरै अघि बढे। दोस्रो बैठक सुरु भएलगत्तै एमाले सांसदहरु अघिझैं आफ्नो ठाउँबाट उठेर बेल घेर्न पुगे र नाराबाजी गर्न थाले। तर, सभामुखले नाराबाजीलाई बेवास्ता गरिदिए। 

आज भने सासद र सभामुख दुवै संयमित देखिए। बल प्रयोग गर्ने र रोस्ट्रममा चढ्न खोज्ने प्रयास सांसदहरुले गरेनन्। सभामुख पनि पेलेर जाने मनस्थितिमा देखिएनन्।

बैठक सुरु हुनुअघि संसद् भवनमै बसेको एमाले संसदीय बैठकमा अध्यक्ष केपी ओलीले संसदभित्र संसदीय मान्यतामा रहेर विरोध गर्न आफ्नो पार्टीका सांसदहरुलाई निर्देशन दिएका थिए।

‘संसदीय मर्यादाभित्र फाल्तु नारा नलगाऔं। मर्यादा पालना गरौं। सभामुख आक्रामक भए चर्को नारा लगाउँदा हुन्छ। नारा लगाउनेभन्दा बाहिर जानु हुँदैन। कतिपय साथीहरुले बोलेको कुरा पनि सुनें– माइक हान्ने योजना थियो रे। त्यस्तो कुरा मिडियामा बोल्नु हुँदैन। काँध चढेर माथि नजानुहोला,’ ओलीको भनाइ उद्धत गर्दै एक सांसदले भने।

प्रकाशित: Sep 12, 2021| 14:02 आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...