शुक्रबार, वैशाख १४, २०८१

सुर्खेतमा हार्डवेयर पसल दैनिक ६ घण्टा खुल्ने

सुर्खेतका हार्डवेयर (छड, सिमेन्ट, जस्तापाता, रंगरोगन सामग्री) का पसल दैनिक ६ घण्टा खोल्न दिइने भएको छ।
 |  मंगलबार, वैशाख ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ३०, २०७७

सुर्खेत- कर्णाली प्रदेशको राजधानी सुर्खेतका हार्डवेयर (छड, सिमेन्ट, जस्तापाता, रंगरोगन सामग्री) का पसल दैनिक ६ घण्टा खोल्न दिइने भएको छ।

triton college

कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापन जिल्लास्तरीय समितिकाे मंगलबार बसेकाे बैठकले वीरेन्द्रनगरका हार्डवेयर पसल शनिबारबाहेक दैनिक ११ देखि ४ बजेसम्म खुल्न दिने निर्णय गरेको सुर्खेत उद्योग वाणिज्य संघले जनाएको छ।

संघका निमित कार्यकारी निर्देशक गणेशकुमार कार्कीका अनुसार सिफारिसपत्रका आधारमा निर्माण सामग्री ढुवानीसमेत गर्न दिइनेछ।

यस्तै जिल्ला प्रशासन कार्यालय सुर्खेतबाट ढुवानीको अनुमतिपत्रका आधारमा निर्माण सामग्री ढुवानीसमेत गर्न पाइनेछ। तर दैनिक उपभोग्य वस्तुहरु (खाद्यान्न, फलफूल र तरकारी) पसल भने सोमबार, बुधबार र शुक्रबार विहान ७ बजेदेखि ९ बजेसम्म खुला रहने संंघले जनाएको छ।

कोरोना संक्रमण रोक्न भन्दै वैशाख २३ गतेदेखि कर्णाली प्रदेश अनिश्चितकालीन सिल गरिएको छ। दैनिक उपभोग्य वस्तु र निर्माण सामग्री हाहाकार हुन नदिन आज बिहान १२ बजेदेखि आयात खुल्ला गरिएको थियो।

corrent noodles
Metro Mart

हालसम्म कर्णालीमा कोरोना संक्रमित नभेटिएको प्रदेश सरकारले सामाजिक दुरी कामय गरेर विकास निर्माण गर्न सकिने बताउँदै आएको छ।

प्रकाशित: May 12, 2020| 19:20 मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।