शनिबार, वैशाख १५, २०८१

२३ मिनेटको नाराबाजीपछि संसद् बैठक १५ मिनेटलाई स्थगित

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक १५ मिनेटलाई स्थगित गरेका छन्।
 |  आइतबार, भदौ २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २७, २०७८

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक १५ मिनेटलाई स्थगित गरेका छन्।

triton college

बैठक सुरु हुन नपाउँदै एमाले सांसदहरुले बेल घेराउ गर्दै नाराबाजी सुरु गरेका थिए। जनताको आवाज बोल्ने संसद् चलाउन दिन पटक पटक आग्रह गर्दा पनि नाराबाजी नरोकिएपछि सभामुखले बैठक स्थगित गरेका हुन्।

सभामुख सापकोटाले बैठक अवरोध नगरी वार्ताको टेबलमा बसेर निकास खोज्न आग्रह गरेका थिए। ‘सहकार्य र समन्वय गर्नैपर्छ। बैठक सहज बनाऔं। संवादतिर जाऔं। वातावरण सहज बनाऔं। जनताको सर्वोच्च संस्थालाई त्यही थलोको रुपमा अघि बढाऔं,’ सभामुखले आग्रह गरे। केही सांसदले नाराबाजी गर्दा अरु सांसदको अधिकार हनन् भएको भन्दै उनले आफ्नो स्थानमा बस्न पटक पटक आग्रह गरेका थिए। 

एमालेले संसद् अवरुद्ध गरेको आज तेस्रो दिन हो। गत बिहीबार र शुक्रबारको बैठकमा पनि एमाले सांसदहरुले नाराबाजी गर्दै अवरोध गरेका थिए।

पार्टीले कारबाही गरेका १४ जना सांसद बैठकमा उपस्थित भएको भन्दै एमालेले अवरोध गरेको हो। 

corrent noodles
Metro Mart

शुक्रबारको बैठकमा एमालेका सांसदहरुले बेल घेरेर नाराबाजी गर्नुका साथै रोस्ट्रममा चढ्न कोसिस गरेका थिए। शुक्रबार तीनपटक संसद् बैठक बसेकोमा तीनैपटक एमालेले अवरोध गरेको थियो। बैठक अवधिभर नै एमालेका सांसदहरुले नाराबाजी गरिरहे। उनीहरुले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध नाराबाजी गरेका थिए। 

नाराबाजीका कारण कारबाही अघि नबढाई पहिलो बैठक स्थगित गरेका सभामुखले दोस्रो र तेस्रो बैठक भने नाराबाजीकै बीच सञ्चालन गरेका थिए।

प्रकाशित: Sep 12, 2021| 13:48 आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...