शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • रुपन्देही र कपिलवस्तुमा भेटिएका संक्रमित भारतबाट लुकिछिपी आएका थिए

रुपन्देही र कपिलवस्तुमा भेटिएका संक्रमित भारतबाट लुकिछिपी आएका थिए

मंगलबार कोरोना भाइरस (कोभिड-१९) संक्रमणको पुष्टि भएका रुपन्देही र कपिलबस्तुका सबै संक्रमितहरु लुकिछिपी भारतबाट नेपाल आएको खुलेको छ।
 |  मंगलबार, वैशाख ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ३०, २०७७

काठमाडौं- मंगलबार कोरोना भाइरस (कोभिड-१९) संक्रमणको पुष्टि भएका रुपन्देही र कपिलबस्तुका सबै संक्रमितहरु लुकिछिपी भारतबाट नेपाल आएको खुलेको छ।

triton college

केही दिन पहिले मात्र उनीहरु लकडाउन छलेर लुकिछिपी नेपाल आएको खुलेको हो।

रुपन्देहीमा भेटिएका सबै ९ जना संक्रमितहरु ४–५ दिनको अवधिमा भारतबाट लुकिछिपी नेपाल आएको जिल्ला जनस्वास्थ्य प्रमुख डाक्टर राजेन्द्र गिरीले जानकारी दिए।

गिरीका अनुसार संक्रमितहरु सबैलाई लुम्बिनी विश्व विद्यालयमा स्थापना गरिएको क्वारेन्टिनमा राखिएको छ।

‘क्वारेन्टिनमा राखिएका कुल एक सय ७४ जनामध्ये ६ जनाको सोमबार नै रिपोर्ट पोजेटिभ आएको थियो, मंगलबार ९ जनाको पोजेटिभ आयो’ गिरीले भने, ‘सबैको स्वास्थ्य अवस्था सामान्य छ।’

corrent noodles
Metro Mart

यस्तै मंगलबार नै कोरोना संक्रमित देखिएका कपिलवस्तुका ८ जना पनि केही दिन पहिले भारतबाट लुकिछिपी नेपाल प्रवेश गरेको खुलेको छ।

कपिलबस्तुका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले नयाँ संक्रमित सबै केही दिन पहिले भारतबाट आएको जानकारी दिए। उनीहरुलाई पनि क्वारेन्टिनमा राखेर स्वाब संकलन गरिएको थियो।

मंगलबार मात्रै विभिन्न जिल्लामा गरी ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ३९ जना पर्साका रहेका छन् भने एक जना बाराका छन्।

प्रकाशित: May 12, 2020| 15:01 मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।