शुक्रबार, वैशाख १४, २०८१

'भारतले ४ सय वर्गकिमि भूमि अतिक्रमण गरेको छ'

गृहमन्त्री रामबहादुर थापाले भारतले ४ सय वर्गकिलोमिटर नेपाली भूमि अतिक्रमण गरेको बताएका छन् ।
 |  आइतबार, वैशाख २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २८, २०७७

काठमाडौं- गृहमन्त्री रामबहादुर थापाले भारतले ४ सय वर्गकिलोमिटर नेपाली भूमि अतिक्रमण गरेको बताएका छन्। संसद्को राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा आइतबार बोल्दै उनले ६ दशकदेखि नै नेपाली भूमिमा भारतले अतिक्रमण गर्दै आएको बताए।

triton college

सीमा विवादको समाधान कूटनीतिक तहबाटै गर्नुपर्ने उनको भनाइ छ। भारतले नेपाली भूमि लिपुलेक मिचेर सडक बनाएकाे विषयमा छलफलका लागि समितिमा डाकिएका गृहमन्त्री थापाले भने, 'भारतले मानसरोवर जाने बाटो उद्घाटन गरेपछि नेपाल फेरि तरंगित भएको छ। तर यो नयाँ समस्या होइन।'

उनले भूभाग फिर्ता गर्न र भारतीय सेना फर्काउन सरकारका तर्फबाट भारत सरकारलाई ध्यानाकर्षण गराइसकेको जानकारी दिए।
'मानसरोवर जाने बाटोको बारेमा सरकारले विरोध जनाइसकेको छ। हामीले याे समस्या कूटनीतिक पहलबाट समाधान गर्नुपर्छ भन्दै आएका छौं।'

उनले भारतले अतिक्रमण गरेको लिपुलेक क्षेत्रमा नेपाली सुरक्षा निकाय तैनाथ गर्ने र बाटो निर्माण कार्य चलिरहेको जानकारी दिए।

प्रकाशित: May 10, 2020| 10:10 आइतबार, वैशाख २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।