शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • जेठ ११ गतेदेखि बजेट अधिवेशन बोलाउने कर्णाली प्रदेश सरकारको निर्णय

जेठ ११ गतेदेखि बजेट अधिवेशन बोलाउने कर्णाली प्रदेश सरकारको निर्णय

कर्णाली प्रदेश सभाको बजेट अधिवेशन आगामी जेठ ११ गतेदेखि सुरु हुने भएको छ । शनिबार बसेको मन्त्रीपरिषद् बैठकले जेठ ११ गतेदेखि बजेट अधिवेशन बोलाउने निर्णय गरेको हो ।
 |  शनिबार, वैशाख २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २७, २०७७

कर्णाली प्रदेश सभाको बजेट अधिवेशन आगामी जेठ ११ गतेदेखि सुरु हुने भएको छ । शनिबार बसेको मन्त्रीपरिषद् बैठकले जेठ ११ गतेदेखि बजेट अधिवेशन बोलाउने निर्णय गरेको हो ।

triton college

आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारीका लागि सांसदहरुको सुझाव संकलनका लागि बजेट अधिवेशन आव्हान गर्ने निर्णय गरेको प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले जानकारी दिए।

कर्णााली प्रदेशले आगामी वर्षका लागि ३५ अर्बको बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । त्यसको एक साताअघि वार्षिक नीति तथा कार्यक्रम ल्याइसक्नुपर्छ ।

उसो त नीति तथा कार्यक्रम र बजेटको खाका तयार पार्न सरकारले कर्णालीमा सरकारी कार्यालयहरु सञ्चालनमा गर्दै आएको छ । हालसम्म कोरोना संक्रमित नभेटिएका कारण नीति तथा कार्यक्रम र बजेटको खाका कोर्न दुई साता अघिदेखिनै सरकारी कार्यालय खुल्ला गरिएका छन् ।

प्रकाशित: May 09, 2020| 12:48 शनिबार, वैशाख २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।