शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • गाँजा बरामद गरेर फर्किएको प्रहरीमाथि स्थानीयको आक्रमण, ४ प्रहरी घाइते

गाँजा बरामद गरेर फर्किएको प्रहरीमाथि स्थानीयको आक्रमण, ४ प्रहरी घाइते

गाँजा बरामद गरेर फर्किँदै गरेको प्रहरीमाथि चितवनमा स्थानीयले ढुंगामुढा प्रहार गरेका छन्।
 |  शनिबार, वैशाख २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २७, २०७७

चितवन– गाँजा बरामद गरेर फर्किँदै गरेको प्रहरीमाथि चितवनमा स्थानीयले ढुंगामुढा प्रहार गरेका छन्।

triton college

राप्ती नगरपालिका–१२ बाट गाँजा बरामद गरी फर्किँदै गरेका प्रहरीमाथि सोही नगरपालिका –१२, चौकीडाँडाका स्थानीयले शुक्रबार राति ढुंगामुढा प्रहार गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) एकनारायण कोइरालाले स्थानीयको आक्रमणबाट चार प्रहरी घाइते भएको जानकारी दिए।

विभिन्न स्थानमा लुकाई राखेको अवस्थामा प्रहरीले ३४ किलोग्राम गाँजा बरामद गरेर ल्याउँदै गर्दा स्थानीयवासीले अवरोध गरेपछि स्थिति नियन्त्रणमा लिन एक राउन्ड हवाई फायरसमेत गरेको कोइरालाले बताए।

स्थानीयको आक्रमणबाट प्रहरी सहायक निरीक्षक प्रेमपुकार चौधरी तथा प्रहरी जवान अवधेसप्रसाद यादव, लुकेश जर्घा र सुजन बराइली घाइते छन्। चौधरी र यादवको अवस्था मध्यम भए पनि अन्य दुई जनाको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

corrent noodles
Metro Mart

स्थानीयको आक्रमणबाट प्रहरीले प्रयोग गरेको रत्ननगर नगरपालिकाको बा१२च २७१ र इलाका प्रहरी कार्यालय भण्डाराको बा१झ ७४६५ नम्बरको गाडीसमेत तोडफोड भएको कोइरालाले जानकारी दिए।

यस्तै, प्रहरीमाथि आक्रमण गरेको आरोपमा चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्थानीय २४ वर्षीय रञ्जित वाइवा, २० वर्षीय सुमन वाइवा, २२ वर्षीय सञ्चरास घलान र ३५ वर्षीय धनबहादुर घलान छन्।

प्रकाशित: May 09, 2020| 11:14 शनिबार, वैशाख २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।