शुक्रबार, वैशाख १४, २०८१

फुटबलको क्यालेन्डर बिग्रियो, बदलिँदै छ खेल संस्कार

कोरोनाको माहामारी नभएको भए नेपालले एसिया कप र विश्वकप छनोटको खेल खेलिसकेको हुन्थ्यो।
 |  शनिबार, वैशाख २७, २०७७

विनय सापकोटा

विनय सापकोटा

शनिबार, वैशाख २७, २०७७

कोरोना भाइरसको जोखिमका कारण लागू भएको बन्दाबन्दी (लकडाउन) का कारण नेपालको खेल क्षेत्र र त्यसमा पनि फुटबल नराम्री थला परेको छ। यसलाई उकास्न त्यति सजिलो नरहेको सरोकारवाला बताउँछन्।

triton college

अखिल नेपाल फुटबल संघ(एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पाकै भनाइमा पनि अहिलेको क्यालेन्डर बिग्रिसकेको छ। अब नयाँ क्यालेन्डरका साथ अघि बढ्नुको विकल्प छैन। कोरोनाको माहामारी नभएको भए नेपालले एसिया कप र विश्वकप छनोटको खेल खेलिसकेको हुन्थ्यो।

बी डिभिजन लिग सकिइसकेको हुन्थ्यो। सी डिभिजन र महिला लिगले पनि नेपाली फुटबललाई नयाँ आयाम दिने तरखरमा हुने थिए। महामारीले सबैमा धक्का दियो। खेल सञ्चालन हुन सकेन।

त्यस्तै राष्ट्रिय लिग, प्रदेश लिग, क्वालिफायरका खेलहरु पनि बाँकी नै छन्।

ए डिभिजन सकिए पनि बी र सी डिभिजन लिग, महिला लिग र मोफसलका फुटबललाई बिर्सिएर नेपाली फुटबल अघि बढाउन सकिँदैन। झन् राष्ट्रिय लिग त नेपाली फुटबलको मुटु नै मानिन्छ।

corrent noodles
Metro Mart

सहिद स्मारक लिगका लिग निर्देशक एवम् नेपाली फुटबलका जानकार सन्जिव मिश्र फुटबल सुरु हुन लामै समय पर्खिनुपर्ने बताउँछन्।

भन्छन्, ‘एन्फाले कोभिड–१९ को महामारी रोकथामका लागि आफ्नो सम्पत्ति र भवन उपलब्ध गराएको छ। महामारीमा त्यो प्रयोग गरिँदै आएको पनि छ। त्यसैले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ र लकडाउन सकिए पनि फुटबल सुरु भइहाल्दैन। किनभने महामारीमा प्रयोग गरिएका सामान एन्फाको हातमा आउनु पर्यो। र, खेल गराउन ठिक छ भन्ने जाँच गर्नुपर्यो। अनि मात्र खेल सुचारु हुन्छ। त्यसलाई दुई महिना जति लाग्ला।’

दुई महिना पनि लकडाउन खुलेपछिको समय हो। त्यसअघि नेपालमा फुटबल फर्कन संकेत कहिँ नदेखिने मिश्रको भनाइ छ।

हाम्रो दायित्व नै खेलाउने हो– लिग रद्द हुँदैन

छिमेकी भारत, युरोपियन देशहरु बेल्जियम, फ्रान्सलगायतका देशले खेल गराउन सम्भव नदेखेपछि प्रतियोगिता रद्द गरिसकेका छन्। कतिपय देशका खेल अनिश्चित हुँदै रद्द हुने बाटोमा छन्। तर नेपालको अवस्था भयावय नभएको र सानो फर्म्याटका भएकाले बाँकी लिग सञ्चालन हुने निर्देशक मिश्र बताउँछन्।

‘हाम्रो दायित्व नै खेल गराउने हो। अब लिग रद्द हुने अवस्था म देख्दिन,’ उनले भने, ‘किनभने हामीले कार्पेटमा खेलाइरहेका छौं। बर्खा लागे पनि आपत्ति पर्दैन। खेल गराउन सकिन्छ।’

उनले थपे, ‘सी डिभिजन र महिला लिगले जुन तरिकाले तयार गरिसकेका छन्, त्यसलाई पनि संचालन गर्नैपर्छ जस्तो लाग्छ।’

संचालन भइरहेका र हुन लागेका लिगका खेल रद्द नहुने उनको दावी छ। तर, महामारी लामो समयसम्म रह्यो भने अघिल्लो सिजनको खेलका लागि असर पर्ने पक्का छ। खेलाडीको सुविधामा पनि असर पर्न सक्छ। जसका लागि एन्फाले योजनाहरु अघि ल्याउनुपर्ने उनको भनाइ छ।

‘यही वर्ष लिग खेले फेरि यही वर्ष नै अर्को सिजनको लिग खेल्न गाह्रो हुन्छ। झन् प्रमोसन भएको टोलीलाई अप्ठ्यारो हुन सक्छ। त्यसैले सानो समयमा संयमित भएर खेलाउनु पर्छ,’ मिश्रले एन्फालाई सुझाव दिँदै भने, ‘तर धेरै पर गयो भने एन्फाले ठोस निर्णय गर्नुपर्ने हुन्छ। सबैसँग सल्लाह गरेर एन्फाले एउटा निर्णय लिनै पर्छ।’

तर त्यस्तो नहुनेमा उनी आशावादी छन्। भन्छन्, ‘सायदै त्यस्तो नहोला। यसअघि ०७२ सालको भूकप्प पछि पनि बाँकी खेल असोजमा गरेका थियौँ। केही पछि सारेर पनि प्रतियोगिता गराउन सकिन्छ।’

मोफसलका खेल रद्द

सञ्जिव मिश्र

कोभिड–१९ को महामारीपछि पहिलो प्राथमिकतामा बी डिभिजनका बाँकी खेल पर्ने छन्। बी डिभिजनका ३२ खेल सकिएको छ। त्यसैले बाँकी खेल सुरुमा गराउन एन्फा र लिग कमिटीलाई दबाब बन्ने छ। त्यो सकेपछि सी डिभिजन, महिला लिगका साथै क्वालिफयर र प्रदेश लिगहरु खेलाउनु पर्ने हुन्छ।

यी एन्फाका प्राथमिकताका खेलहरु हुन्।

तर लकडाउन बिचमा परेका मोफसलका प्रतियोगिता रद्द हुने मिश्र बताउँछन्। ‘मोफसलमा दशैंँ–तिहारबाट चैत–वैसाखसम्म खेलहरु चल्छन्। अब त्यसको सिजन सकियो। त्यसैले यसलाई ग्याप गरेर अर्को सेसनमा जानुपर्ने हुन्छ,’ उनले भने।

बाँकी खेलहरु कसरी खेलाउने भन्नेबारे एन्फाले क्यालेन्डर व्यवस्थापन गनुपर्ने मिश्र बताउँछन्। किनभने कोरोनाको जोखिमले गर्दा २०७६ र ०७७ दुवैको क्यालेन्डरलाई असर गरेको छ।

खेल प्रशिक्षण र पूर्वतयारी पनि लकडाउन पछिमात्र

प्रशिक्षण र पूर्वतयारीबारे खेलअघि नै निर्णय गर्नुपर्ने लिग समितिको दायित्व हो। त्यसैले लकडाउनको बेलामा पनि लिग समिटीले कसरी काम अघि बढाउने विषयमा कुराकानी गर्ने मिश्रले बताएका छन्। तर कुराकानी भए पनि सबै काम लकडाउन र महामारीको जोखिम कम भएपछि मात्र हुने छन्।

‘१५ दिन प्रशिक्षण रोकियो भने त्यसको असर मेट्नलाई थप १५ दिनको प्रशिक्षणले पुग्दैन। हामीले यही लकडाउनबीच नै भिडियो कन्फ्रेन्स गरेर हुन्छ वा भेटेर हुन्छ, निर्णय गर्नेर्छौ। खेलाडीलाई कोरोनाको परीक्षण गरेर प्रशिक्षणका लागि आग्रह गर्छौँ,’ उनले भने, ‘हामी क्लबलाई यसो गर्नु भनेर केही मापदण्ड दिन्छौं। सोही अनुसार क्लबले तयारी गर्नेछन्।’

खेल गराउनुअघि लिग समितिले क्लबसँग छलफल गर्नेछ। तर क्लबसँगको छलफल र प्रशिक्षणका कामहरु लकडाउन सकिएपछि मात्र अघि बढ्ने उनी बताउँछन्।

सरकारी सहयोगको अपेक्षा

सरकारले अन्य क्षेत्रलाई मात्र होइन, खेललाई पनि प्राथमिकतामा राख्नु पर्छ। तर, खेललाई बेवास्ता गरेको जस्तो देखिएको छ। त्यसैले लकडाउनको दायरालाई पनि फराकिलो बनाउनुपर्ने र खेललाई प्राथमिकतामा राख्नुपर्ने सरोकारवालाको माग छ।

‘सरकारले र खेलकुदका लागि सहज वातावरण मिलाइदिनु पर्छ,’ मिश्र भन्छन्। प्रतियोगिता सञ्चालनका लागि कोरोना टेस्ट, सहज आवागमन आदिले मात्र खेलको माहोल बनाउन सक्छ। जसका लागि सरकारी सहयोग अपरिहार्य छ।

फुटबल संस्कार परिवर्तन हुँदैछ

फुटबलमा खेल सुरु हुनुअघि हात मिलाउने प्रचलन छ। तर कोरोनाका कारण अहिले हात मिलाउन बन्देजजस्तै छ। यसका ठाउँमा नमस्कारको प्रचलन थालिएको छ।

त्यस्तै केही समयअघि इटालीमा मास्क लगाएर प्रशिक्षण गरिरहेको देख्न पाइएको थियो। अब खेल्दा पनि मास्क लगाउनु पर्ने हो कि भन्ने अवस्था सिर्जना हुन सक्नेछ।
खेलअघि खेलाडी लाइनमा बसेर मैदान प्रवेश गर्ने प्रावधान छ। अब लाइनमा बसेर मात्र भएन, सामाजिक दूरी राखेर लाइनमा बस्नुपर्ने समय आएको छ।

प्लेयर बक्सदेखि दर्शकसम्म कोरोनापछि बदलाव आउन सक्छ। मिश्रले भने, ‘अब तयार गरिने फुटबल नियम र निर्देशिकाका लागि यस्ता कुराहरु गाइडलाइन हुन सक्छन्।’

प्रायोजक र ब्रोडकास्टर नहुँदा सजिलो

बी, सी र महिला लिगमा प्रयोजक र ब्रोडकास्टरले असर पार्दैन। किनभने यि लिगमा दर्शक पनि धेरै छैनन्। प्रायोजक र ब्रोडकास्टर पनि छैनन्।

लिगको व्यवस्थापन सामान्य तबरमा एन्फाको आफ्नै स्रोत साधनले गरिरहेको छ। यसमा समस्या छैन। बन्द रंगशालामै पनि खेल खेलाउन सक्ने लिग निर्देशक मिश्र बताउँछन्।

नेपाली फुटबलमा ठूलो क्षति

कोरोनाका कारण नेपाली फुटबलमा सबैभदा ठूलो क्षति विश्वकप र एसिया कप क्वालिफायरको खेलमा परेको छ। लामो समयपछि नेपाली खेलाडीले विश्वकप खेलेको देशसँग नेपाली भूमिमा फुटबल खेल्ने मौका पाएको थियो। नेपालले चैत १३ र १८ गते ताइनिज ताइपेई र अष्ट्लेलियासँग खेल्ने तय थियो थियो।

तर, कोरोनाको जोखिमका कारण खेल हुन सकेन। लिग निर्देशक मिश्र पनि यही खेललाई नेपालले गुमाएको ठूलो अवसरका रुपमा लिन्छन्।

प्रकाशित: May 09, 2020| 07:00 शनिबार, वैशाख २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।