शुक्रबार, वैशाख १४, २०८१

रातो मच्छिन्द्रनाथको जात्रा अन्योलमै

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ निर्माण, रथारोहण र जात्रासम्बन्धी अन्योल अझै हट्न सकेको छैन।
 |  शुक्रबार, वैशाख २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २६, २०७७

काठमाडौं- वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ निर्माण, रथारोहण र जात्रासम्बन्धी अन्योल अझै हट्न सकेको छैन। वैशाख शुक्ल प्रतिपदाका दिनमा रथारोहण गर्नुपर्ने भए पनि त्यो दिन हुन नसकेपछि अर्को कुन दिन र कसरी गर्ने भनी टुंगो लाग्न नसकेको हो।

triton college

गत वर्षहरुमा देवताको दशकर्म चलिरहँदा पुल्चोकमा रथ निर्माण हुने र निर्धारित दिनमै रथारोहण हुने गरेको थियो।

यो वर्ष रथ निर्माण हुन नसकेपछि सो दिन देवतालाई तबहालस्थित मच्छिन्द्रनाथ मन्दिरकै परिसरमा राखिएको गुठी संस्थान ललितपुरले जनाएको छ। रथारोहण नभए पनि नियमित पूजाआजा भइरहेको गुठी संस्थान ललितपुरका कार्यालय प्रमुख राजन भुजूले बताए।

सामाजिक दूरी कायम गरेर रथ निर्माण गर्न जिल्ला प्रशासनसँग अनुमति मागिएको छ। कार्यालयले अनुमति दिएपछि रथ निर्माण गरिने उनको भनाइ छ। उनले भने, “रथ बनाइएपछि उपयुक्त दिनमा रथारोहण हुनेछ।”-रासस

प्रकाशित: May 08, 2020| 14:45 शुक्रबार, वैशाख २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।