शनिबार, वैशाख १५, २०८१

एभरेष्ट बैंक र एफवान सफ्टबीच सम्झौता

 |  शुक्रबार, वैशाख २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २६, २०७७

एभरेष्ट बैंक र एफवान सफ्ट इन्टरनेसनलबीच मोबाईल बैंकिङ सेवाका लागि सम्झौता भएको छ।

triton college

सम्झौतासँगै अब एभरेष्ट बैंकको मोबाइल एप्स् इबीएलटच २४ मा नयाँ सुविधा थपिएका छन्।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गजेन्दर कुमार नेगी र एफवान सफ्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरे।

यो मोबाइल एप्समा अत्याधुनिक सुरक्षा प्रणाली अपनाइएको छ भने बैंकको ‘इबीएलटच २४’ मा नयाँ सुविधाहरु थप गरिएको छ।

ग्राहकले यस एपमार्फत ५० भन्दा बढी बैंकका खाताहरुमा रकम ट्रान्सफर, बिजुली, पानीको महशुल, टिभी, इन्टरनेटको बिल भुक्तानी, मोबाइल रिचार्ज, हवाइ जहाज, बस तथा सिनेमा टिकटको अनलाइन खरिद गर्नुका साथै एक लाखभन्दा बढी मर्चेन्टहरुमा क्युआर पेमेन्टबाट भुक्तानी गर्न सक्नेछन्।

corrent noodles
Metro Mart

यसै गरी ग्राहकहरुको सहज्ता र सुरक्षाका लागि फिंगर प्रिन्ट वा फेस रेकोगनिशनबाट पनि सहजै कारोबार गर्न सकिनेछ।

हाल एभरेष्ट बैंकको ग्राहक संख्या बैंकिङ्ग क्षेत्रमा सबैभन्दा धेरै ११ लाख भन्दा बढी रहेका छन्। एभरेष्ट बैंकलाई सर्वश्रेष्ठ व्यवस्थित वाणिज्य बैंक, २०१९ बाट पुरस्कृत गरिएको थियो।

यस बाहेक बैंकले हालसालै क्यामेल रेटिङ्ग अन्तर्गत सबैभन्दा राम्रो मूल्याङ्कन गरिएको बैंकको रुपमा चयन भएको छ।

हालसम्म बैंकको ९५ शाखा, ३१ राजश्व सङ्गकलन काउन्टर र १०३ स्थानमा एटिएम छन्।

सफट्वेयरको क्षेत्रमा ख्याति कमाएको एफवान सफ्ट कम्पनी नेपालका ठूला आईटी कम्पनी मध्येको एक हो। सन् २००४ बाट सञ्चालनमा आएको एफवान सफ्टले वित्तीय क्षेत्रका सफट्वेयर निर्माण तथा उत्पादन गर्दै नेपाल लगायत विदेशी मुलुकमा बिक्री वितरण गर्दै आएको छ।

एफवान सफ्टकै भगिनी संस्था इसेवा नेपालको पहिलो र बजार हिस्सामा पनि नम्बर वान पेमेन्ट गेटवे कम्पनी बन्न सफल भएको छ।

प्रकाशित: May 08, 2020| 04:58 शुक्रबार, वैशाख २६, २०७७
प्रतिक्रिया दिनुहोस्