शनिबार, वैशाख २९, २०८१

ओलीले नचाहेपछि नेकपा स्थायी कमिटी बैठक अन्याेलमा

बुधबार साँझ बालुवाटारमा बसेको सचिवालय बैठकको बीचमै प्रधानमन्त्री केपी ओली बाहिरिएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अनिश्चित भएको छ
 |  बुधबार, वैशाख २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २४, २०७७

काठमाडौं- बुधबार साँझ बालुवाटारमा बसेको सचिवालय बैठकको बीचमै प्रधानमन्त्री केपी ओली बाहिरिएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अनिश्चित भएको छ।

triton college

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले बैठक सुरु भएको केही बेरमै आफू थाकेको र आराम गर्नुपर्ने भन्दै बैठक छोडेर हिंडेपछि बाँकी सदस्यहरुले बैठकबारे निर्णय गर्न सकेनन्।

स्थायी कमिटी बैठकको एजेण्डा तय गर्न सचिवालय बैठक बोलाइएको थियो । सचिवालयमा सहमति जुट्न नसक्दा स्थायी कमिटीमा पेश गरिने प्रतिवेदन समेत  तयार हुन नसकेको नेताहरुले बताएका छन्।

उता नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले दुई अध्यक्षले गृहकार्य नपुगेको जानकारी बैठकमा गराएर थप छलफलमा जुटेको जानकारी सञ्चारकर्मीलाई गराएका थिए।

बैठकमा सहभागी बरिष्ठ नेता झलनाथ खनालका अनुसार प्रधानमन्त्री हिँडेपछि बाँकी ८ जनाले सचिवालय बैठक  बोलाउने नबोलाउने बारे दुई अध्यक्षले निर्णय गर्नुपर्ने सुझाव दिएका थिए।

corrent noodles
Metro Mart

सचिवालय बैठक सकिएपछि ओली र दाहालबीच बालुवाटारमा एक्लाएक्लै भेट भएको थियो।

दाहाल निकट स्रोतका अनुसार ओलीले जसरी भए पनि भोलिका लागि तोकिएको बैठक सार्न भनेपछि दुबै अध्यक्ष बैठक केही दिन सार्न सहमत भएका छन्।

 

प्रकाशित: May 06, 2020| 20:30 बुधबार, वैशाख २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।