शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • नाकामा बिजोग : नेपाली सुरक्षाकर्मीले छिर्न दिँदैनन्, भारतीयले धपाउँछन्

नाकामा बिजोग : नेपाली सुरक्षाकर्मीले छिर्न दिँदैनन्, भारतीयले धपाउँछन्

नाकासम्म आइपुगेका उनीहरू घर पुग्न पाएका छैनन्।
 |  बुधबार, वैशाख २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २४, २०७७

जनकपुरधाम- कोरोना संक्रमणका कारण छिमेकी भारतले ‘लकडाउन’ बढाएको छ। ‘लकडाउन’ बढाइए पनि उसले विभिन्न राज्यमा फसेका मजदुर र विद्यार्थीलाई घरसम्म लैजाने व्यवस्था गरेकाे छ। दुई दिनअघि भारतले रेल र बस सञ्चालन गरेपछि नेपाल आउने नाकामा पनि नेपालीको चाप बढेको छ।

triton college

नाकासम्म आइपुगेका उनीहरू घर पुग्न पाएका छैनन्। दुई दिनअघि धनुषाको महिनाथपुर सीमाको दसगजा क्षेत्रमा फसेका १३ जना नेपालीलाई सशस्त्र प्रहरीले नाका प्रवेश गर्न रोक लगायो। २४ घण्टासम्म दसगजामै बसेका उनीहरुलाई सशस्त्र प्रहरीले पुनः भारततर्फ पठायो।

तर, भारतीय पक्षले उनीहरुलाई क्वारेन्टिनमा राख्न मानेन। भारतीय पक्षले क्वारेन्टिनमा राख्न नमानेपछि उनीहरु पुनः नाकातर्फ आइपुगे। भारतबाट आएकालाई नाका प्रवेश गर्न नदिन माथिको आदेश रहेको भन्दै सशस्त्र प्रहरीले फेरि उनीहरुलाई रोक्यो।

बुधबार पनि भारतको विभिन्न स्थानबाट आएका १० जना नेपालीलाई सशस्त्र प्रहरीले नाकामै रोक्यो। टाढाबाट गाउँसम्म आइपुगे पनि सशस्त्र प्रहरीले प्रवेशमा रोक लगाएपछि उनीहरु घरसम्म पुग्न पाएका छैनन्।

यकिन तथ्यांक नरहे पनि प्रदेश २ बाटमात्रै करिब एक लाख नेपाली अध्ययन तथा रोजगारीका लागि भारतमा छन्। भारतमा कोरोनाले महामारीको रुप लिइरहँदा उनीहरुमध्ये अधिकांश नेपाल फर्किइरहेको बताइएको छ।

corrent noodles
Metro Mart

केही दिनयता नेपालीकै प्रवेशमा रोक लागे पनि समस्या व्यवस्थानपनतर्फ खासै पहल भएको छैन। सीमा हेर्ने जिम्मेवारी संघीय सरकारको रहेको भन्दै प्रदेश सरकार पन्छिइरहेको छ भने नाकाको सुरक्षामा खटिएका सशस्त्र प्रहरीले माथिको आदेश रहेको बताइरहेको छ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेश २ को पर्सादेखि सप्तरीसम्मको नाकामा पाँच सयभन्दा बढी नेपाली फसेको जानकारी आफूहरुलाई प्राप्त भएको बताए। आफ्नै मुलुकमा फर्कन नसक्नु दुःखद रहेको बताउँदै उनले अहिले देखिएको यो समस्या व्यवस्थापन गर्न संघीय सरकारले चासो नदिएको आरोप लगाए।

‘सीमा नाका संघीय सरकारको जिम्मामा पर्छ, नाकामा अहिले कम संख्यामा मानिसहरु आएका छन्। तत्काल समस्या समाधान गरिनुपर्दछ,’ उनले भने, ‘पछि बढी संख्यामा उताबाट मानिसहरु आइदिए चुनौती अझ थपिनेछ।’

भारतबाट आएकाहरुलाई तत्काल क्वारेन्टिनमा राखेर स्वास्थ्य परीक्षणपछि घरसम्म फर्काउन सकिने उनको भनाइ छ। ‘अहिले चार पाँच सयको संख्यामा मानिस फसेका छन्, संख्या कम छ,’ उनले थपे, ‘उनीहरुलाई क्वारेन्टिनमा राखेर स्वास्थ्य परीक्षण गर्न सकिन्छ। पछि संख्या बढे क्वारेन्टिनमा राख्न पनि समस्या आउन सक्छ।’

दसगजामा देखिएको समस्या भारतसँग छलफल गरेर संघीय सरकारले तत्काल नीतिगत निर्णय गर्नुपर्ने उनले बताए।

प्रदेश २ का सशस्त्र प्रहरी प्रमुख डीआईजी राजु अर्यालले जो जहाँ छन् त्यहीं बस्नुपर्ने माथिल्लो तहको सम्झौताअनुसार नाका प्रवेशमा रोक लगाइएको बताए। ‘नाकामा मानिसहरु आएका छन्, तर प्रवेशमा रोक लगाइएको छ,’ अर्यालले भने, ‘दसगजासम्म आइसकेकालाई समेत हामीले फिर्ता पठाएका छौं।’

नाकासम्म आइपुगेका नेपालीलाई व्यवस्थापन गर्न भारतीय पक्षसँग कुराकानी भइरहेको उनले जानकारी दिए। ‘राख्न नमानेको होइन, ढिला पक्कै पनि गरेको हो, हाम्रो कुराकानी भइरहेको छ,’ उनले भने।

डीआईजी अर्यालले भारतबाट आउनेहरुको संख्या यकिन नभए पनि नाकामा चाप बढेको बताए। यसअघि सिमानासम्म आउन गाह्रो रहेको भए पनि अहिले सिमानासम्म मानिस पुग्न थालेको उनले बताए।

‘नेपालमा रहेका भारतीयहरुको व्यवस्थापन गर्ने जिम्मेवारी हाम्रो हुन्छ, त्यसैगरी उता रहेका नेपालीहरुको व्यवस्थापन उनीहरुले गरिदिनुपर्दछ, भारतसँग समन्वय भइरहेको छ,’ उनले भने, ‘उनीहरुले क्वारेन्टिनमा राखिदिए सजिलो हुन्थ्यो। त्यसो नगर्दा उताबाट आएका नेपालीहरुलाई धेरै बेर नाकामा बस्नुपरेको छ।’

प्रकाशित: May 06, 2020| 18:05 बुधबार, वैशाख २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।