शुक्रबार, वैशाख १४, २०८१

पीएसजीलाई लिग वानको च्याम्पियन बनाउन पहल

पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई फ्रान्सेली लिग वानको विजेता घोषणा गरिने भएको छ। स्पेनी फुटबल संघले बिहीबार पीएसजीलाई विजेता घोषणा गर्ने डेलीमेलले जनाएको छ।
 |  बिहीबार, वैशाख १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १८, २०७७

एजेन्सी– पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई फ्रान्सेली लिग वानको विजेता घोषणा गरिने भएको छ। स्पेनी फुटबल संघले बिहीबार पीएसजीलाई विजेता घोषणा गर्ने डेलीमेलले जनाएको छ।

triton college

सेप्टेम्बरसम्म खेल गतिविधिमा रोक लगाउने सरकारी निणर्यपछि लिग वान रद्द गरिएको थियो। लिग रद्द गरिएपनि त्यतिबेला च्याम्पियन र रेलिगेसनबारे घोषणा गरिएको थिएन।

फ्रान्सका प्रधानमन्त्री एडुवर्ड फिलिपले गत मंगलबार लकडाउनको समय थप्दै सेप्टेम्बरसम्म खेलकुदमा रोक लगाएको जानकारी दिएका थिए। कोरोना भाइरस(कोभिड–१९) का कारण लिग रद्द गरिएको हो।

सकिएको सिजनको अन्तिम राउन्ड मार्चको ७ र ८ तारिखमा खेलिएको थियो। अन्तिम राउन्डपछि पीएसजी १२ अंकको अग्रतासँगै शीर्ष स्थानमा थियो। त्यस्तै दोस्रो स्थानमा मार्सेल्ली थियो।

यदि पीएसजीले यो उपाधि जितेमा उसले लिग वानमा लगातार तेस्रो टाइटल जित्ने छ भने समग्रमा उसले जितेको नवौं उपाधि हुनेछ।

corrent noodles
Metro Mart

पीएसजीले लिग जितेसँगै पुछारका तीन क्लब निम्स, एम्निस र टौलौस रालिगेसनमा जाने सम्भावना रहेको छ।

युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएका अध्इक्ष अलेक्जेन्डर सेफरिन र महासचिव थेडोरे थेडोरिडिसले युरोपिनय शीर्ष लिगहरुलाई कसरी प्रतियोगिताको अन्त्य गर्ने भन्ने

प्रश्न गरेका थिए। त्यसैले युरोपका सबैजसो पहिलो श्रेणीका लिगहरु सिजन कसरी सक्ने भन्ने निणर्य गर्न अगाडि बढेका छन्।

(यसअघि यसै समाचारमा भुलवश ‘लिग वानको उपाधि पीएसजीलाई’ दिइएको भएकोमा सच्याइएको छ– सं.)

प्रकाशित: Apr 30, 2020| 18:54 बिहीबार, वैशाख १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।