शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • आर्थिक वृद्धि २.२७ प्रतिशत मात्र : तथ्यांक विभाग (राष्ट्रिय लेखा तथ्यांकसहित)

आर्थिक वृद्धि २.२७ प्रतिशत मात्र : तथ्यांक विभाग (राष्ट्रिय लेखा तथ्यांकसहित)

केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २.२७ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको छ।
 |  बुधबार, वैशाख १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १७, २०७७

काठमाडौं- केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २.२७ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको छ।

triton college

कोभिड १९ को महामारीको असर न्यून गर्न अवलम्बन गरिएको आन्तरिक तथा बाह्य प्रयासको नकारात्मक प्रभाव अर्थतन्त्रमा पर्ने निष्कर्ष विभागले बुधबार जारी गरेको राष्ट्रिय लेखा तथ्यांकमा उल्लेख छ।

होटल तथा रेस्टुरेन्ट र अन्तर्राष्ट्रिय हवाई क्षेत्र आर्थिक वर्षको अन्त्यसम्म प्रभावित रहनेछ। अन्य क्षेत्र भने जेठपछि बिस्तारै नियमित हुने अनुमान विभागको छ।

विभागको तथ्यांकअनुसार कृषि, वन, मत्स्य र खानी तथा उत्खनन क्षेत्रबाट चालु आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनमा २८.२० प्रतिशत योगदान छ।

धान उत्पादनमा कमी र आपूर्ति प्रणालीमा भएको रोकावटले कृषि उत्पादनको वृद्धिदर गत आर्थिक वर्षभन्दा न्यून छ।

corrent noodles
Metro Mart

निर्माण उद्योग, विद्युत्, ग्यास, पानी जस्ता क्षेत्रले कुल गार्हस्थ उत्पादनमा १३.७२ प्रतिशत योगदान दिने प्रारम्भिक अनुमान छ। ऊर्जा क्षेत्रको विस्तार भए पनि कोभिड १९ को असर यस क्षेत्रमा पनि परेको छ।

चालु आवमा सेवा क्षेत्रले ५८.०८ प्रतिशत योगदान दिने प्रारम्भिक अनुमान छ। कृषि क्षेत्रको २७.६५ र गैरकृषि क्षेत्रको ७२.३५ प्रतिशत योगदान रहने विभागको अनुमान छ।

 

प्रकाशित: Apr 29, 2020| 17:15 बुधबार, वैशाख १७, २०७७
प्रतिक्रिया दिनुहोस्