शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • युवा संघ नेपाल महालक्ष्मी नगर कमिटीको आकस्मिक रक्तदान कार्यक्रम

युवा संघ नेपाल महालक्ष्मी नगर कमिटीको आकस्मिक रक्तदान कार्यक्रम

 |  सोमबार, वैशाख १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १५, २०७७

राष्ट्रिय युवा संघ नेपाल महालक्ष्मी नगर कमिटीले आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

triton college

विश्वव्यापरी महामारीको रूपमा फैलिएको नोवल कोरोना भाइरस (कोभिड–१९) का कारण पर्न सक्ने रगतको अभावलाई ध्यानमा राखी शनिबार रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

लकडाउनको विषम परिस्थितिमा पनि उक्त रक्तदान कार्यक्रममा १ सय ७२ रक्तदाताले रक्तदान गरेका थिए । इमाडोलस्थित कृष्ण प्रणामी मुल मन्दीरमा भौतिक र सामाजिक दूरी कायम गरी कोरोना भाइरस संक्रमणबाट सतर्क रहन आवश्यक मापदण्ड कायम गरी रक्तदान कार्यक्रम आयोजना गरिएको राष्ट्रिय युवा संघ नेपाल महालक्ष्मी नगर कमिटीका अध्यक्ष विकास सुवेदीले जानकारी दिए ।

यो विषम घडीमा ललितपुर रक्त सञ्चार सेवा केन्द्रको प्राविधिक सहयोग रहेको रक्तदान कार्यक्रम सफल पार्न महालक्ष्मी नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष नकुल थापा र नविन तण्डुकार लगायत युवा संघ नेपाल महालक्ष्मी नगर कमिटीको विशेष योगदान गरेको समेत सुवेदीले जानकारी दिए ।

प्रकाशित: Apr 27, 2020| 10:29 सोमबार, वैशाख १५, २०७७
प्रतिक्रिया दिनुहोस्