बिहीबार, वैशाख २७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ब्लड क्यान्सरपीडित युवतीको अस्पताल चहार्दाचहार्दै मृत्यु

ब्लड क्यान्सरपीडित युवतीको अस्पताल चहार्दाचहार्दै मृत्यु

पर्साको वीरगञ्ज महानगरपालिकाकी एक युवतीको उपचारका लागि अस्पताल दौडाउँदा–दौडाउँदै मृत्यु भएको छ।
 |  आइतबार, वैशाख १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १४, २०७७

पर्साको वीरगञ्ज महानगरपालिकाकी एक युवतीको उपचारका लागि अस्पताल दौडाउँदा–दौडाउँदै मृत्यु भएको छ।

triton college

ब्लड क्यान्सरबाट पीडित २३ वर्षीया ती युवतीको गत चैत ४ गतेसम्म चितवनको भरतपुरस्थित विपी कोइराला क्यान्सर अस्पतालमा उपचारर भइरहेको थियो।

एक महिनाको बसाइपछि अस्पतालले उनलाई केही औषधि दिएर घर पठाएको थियो। हिजो शनिबार गाह्रो भएपछि उनलाई फेरि भरतपुर लगियो । तर, बेड नभएको भन्दै कुनै अस्पतालले पनि भर्ना लिन मानेनन्।

त्यसपछि युवतीलाई फर्काएर वीरगञ्ज नै लगियो। वीरगञ्जका नेशनल मेडिकल कलेज र एडभान्स हस्पिटलले पनि आईसियू बेड खाली नभएको भन्दै फिर्ता पठाइदिए।

युवतीलाई त्यसपछि वीरगञ्जकै तराई अस्पताल पुर्याइयो। त्यहाँ उनको द्रूत परीक्षण विधि (आरडीटी) बाट कोरोना परीक्षण गरियो। एन्टीबडी पोजेटिभ देखिएपछि लगत्तै अर्को परीक्षण गर्दा पनि पोजेटिभ नै देखियो।

corrent noodles
Metro Mart

नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिडेन्डेन्ट मदनकुमार उपाध्यायले बताएअनुसार त्यसपछि नारायणी अस्पतालबाट गएको स्वास्थ्यकर्मीको टोलीले तेस्रोपटक आरडीटी गर्यो। त्यसमा पनि पोजेटिभ आएपछि युवतीलाई नारायणी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको अस्पतालका मेसु उपाध्यायले बताए।

उनले भने, ‘उनको अवस्था क्यान्सरकै कारण गम्भीर थियो, तर पनि हामीले कोरोनाको पुष्टि गर्न स्वाब परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाएका छौं।’

युवतीको शव अहिले नारायणी अस्पतालको आइसोलेसनमै राखिएको मेसु उपाध्यायले जानकारी दिए ।

 

प्रकाशित: Apr 26, 2020| 12:56 आइतबार, वैशाख १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।