शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • बालकमा कोरोना देखिएपछि स्वास्थ्यकर्मीको स्वाब परीक्षण गरिँदै

बालकमा कोरोना देखिएपछि स्वास्थ्यकर्मीको स्वाब परीक्षण गरिँदै

प्रादेशिक अस्पताल जनकपुरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको पनि स्वाब परीक्षण हुने भएको छ। सर्लाहीका एकजना बालक कोरोना संक्रमित पाइएपछि प्रादेशिक अस्पताल जनकपुरका चिकित्सक र स्वास्थ्यकर्मीहरुको स्वाब परीक्षण गर्न लागिएको हो।
 |  शुक्रबार, वैशाख १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १२, २०७७

जनकपुरधाम - प्रादेशिक अस्पताल जनकपुरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको पनि स्वाब परीक्षण हुने भएको छ। सर्लाहीका एकजना बालक कोरोना संक्रमित पाइएपछि प्रादेशिक अस्पताल जनकपुरका चिकित्सक र स्वास्थ्यकर्मीहरुको स्वाब परीक्षण गर्न लागिएको हो।

triton college

कोरोना संक्रमित देखिएका सर्लाही धनकौला गाउँपालिकाको हरकटवाका बालक दुई दिन प्रादेशिक अस्पतालस्थित आइसोलेसनमा बसेकोले चिकित्सक र स्वास्थ्यकर्मीहरुको स्वाब परीक्षण गर्न लागिएको कोरोना उपचार समितिका प्रमुख डा.कुलदीप पण्डितले जानकारी दिए।

प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसन वार्डमा ती बालकको उपचारमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीहरुको स्वाब परीक्षण गर्न लागिएको डा.पण्डितले बताए। ‘टेकुस्थित प्रयोगशालाले बालक कोरोना संक्रमित रहेको पुष्टि गरेपछि उनको सम्पर्कमा आएकाहरुको ट्रेसिङ सुरु गरेका छौं’, उनले भने, ‘चिकित्सक र स्वास्थ्यकर्मीहरुको स्वाब संकलन भइरहेको छ, हिजोपनि नमूना संकलन गरेका छौं, आजपनि भइरहेको छ।’

स्वाब परीक्षणको नतिजाको आधारमा चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई क्वारेन्टाइनमा समेत राख्न सकिने उनले जानकारी दिए। ‘अहिले कन्ट्याक्ट ट्रेसिङमा हामी जुटेका छौं, प्रादेशिक अस्पतालबाट डिस्चार्ज भइसकेपछि ती बालक गाउँमा कहाँकहाँ पुगे हामी बुझ्दै छौं’, पण्डितले थपे, ‘पत्ता लागि सकेकाहरुको स्वाब नमुना संकलन पनि भएको छ, नतिजा आइसकेपछि क्वारेन्टाइनमा राख्ने काम सुरु हुन्छ।’

प्रकाशित: Apr 24, 2020| 15:11 शुक्रबार, वैशाख १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।