शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • विश्व आर्थिक मञ्चमा अर्थमन्त्री खतिवडाको सुझाव– सुरक्षा खर्चलाई मानव कल्याणमा लगाऔं

विश्व आर्थिक मञ्चमा अर्थमन्त्री खतिवडाको सुझाव– सुरक्षा खर्चलाई मानव कल्याणमा लगाऔं

विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमी फोरम) मा नेपालका अर्थमन्त्री डा. युवराज खतिवडाले विकसित राष्ट्रहरुले सुरक्षा खर्चलाई मानव कल्याणमा लगाउनुपर्ने सुझाव दिएका छन् ।
 |  शुक्रबार, वैशाख १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १२, २०७७

विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमी फोरम) मा नेपालका अर्थमन्त्री डा. युवराज खतिवडाले विकसित राष्ट्रहरुले सुरक्षा खर्चलाई मानव कल्याणमा लगाउनुपर्ने सुझाव दिएका छन् ।

triton college

दक्षिण एशियाली राष्ट्रहरुका सरकार प्रमुख तथा अर्थशास्त्री एवम् विश्व स्वास्थ्य संगठनका पदाधिकारीबीच कोरोना भाइरसले पारेको एवं पार्न सक्ने प्रभाव र सम्बोधनका उपायबारे भिडियो कन्फरेन्स मार्फत भएको छलफलमा खतिवडाले यस्तो प्रस्ताव राखेका हुन् ।

अर्थमन्त्री खतिवडाले कोभिड –१९ जस्ता अज्ञात शत्रुको सामना गर्न नसकेसम्म सुरक्षा क्षेत्रमा भईरहेको बढ्दो खर्चले अर्थ नराख्ने भन्दै सार्वजनिक स्रोत मानव कल्याणमा पुनप्र्राथिमिकीकरण र केन्द्रीत गर्नुपर्ने बताए ।

धनी गरिब सबैले अनपेक्षित स्वास्थ्य जोखिमको सामना गरिरहेको भन्दै खतिवडाले कोरोनाले हालसम्म पुर्याएको तथा थप पुर्याउन सक्ने आर्थिक क्षतिको पुनस्र्थापना गर्न सरकार, अन्तर्राष्ट्रिय संघ संस्था र निजी क्षेत्रको सामूहिक प्रयास आवश्यक हुने धारणा राखे ।

कोभिड –१९ ले बहुसंख्यक जनतालाई बेरोजगारी र गरिबीतर्फ धकेलेको प्रसंग उठाउँदै उनले भने, ‘हामीले विगत तीन दशक देखि गरिबी निवारणमा गरेको प्रयास र सफलतालाई यसले कमजोर बनाउदै लगेको छ र दिगो विकास लक्ष्य हासिल गर्न थप चुनौती थपेको छ ।’

corrent noodles
Metro Mart

अर्थमन्त्रीले यो विश्वव्यापी संकटको समाधान गर्न अन्तर्राष्ट्रिय तथा क्षेत्रीय प्रयास, साझेदारी र सहयोगबाट मात्र सम्भव हुने उल्लेख गर्दै हालको संकटलाई सामना गर्न ३ वटा सुझाव दिएका थिए ।

उक्त छलफलमा बंगलादेशका प्रधानमन्त्री शेख हसिना, विश्व आर्थिक मञ्चका अध्यक्ष बर्ज ब्रेण्ड, विश्व स्वास्थ्य संगठनका दक्षिण–पूर्व एशिया निर्देशक पुनम क्षेत्रापल सिंह लगायत अन्य सहभागीले कोभिड –१९ को संकटलाई पार लगाउन सबैको सामूहिक र एकीकृत प्रयास रहनुपर्ने कुरामा जोड दिएका थिए ।

प्रकाशित: Apr 24, 2020| 13:31 शुक्रबार, वैशाख १२, २०७७
प्रतिक्रिया दिनुहोस्