शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • दक्षिण एसियाको रेमिट्यान्स २० प्रतिशतले घट्ने विश्व बैंकको प्रक्षेपण

दक्षिण एसियाको रेमिट्यान्स २० प्रतिशतले घट्ने विश्व बैंकको प्रक्षेपण

विश्व बैंकले सन् २०२० मा दक्षिण एसियामा २२ प्रतिशत अर्थात् १०९ विलियन अमेरिकी डलर बराबरको रेमिट्यान्स घट्ने प्रक्षेपण गरेको छ ।
 |  बिहीबार, वैशाख ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ११, २०७७

विश्व बैंकले सन् २०२० मा दक्षिण एसियामा २२ प्रतिशत अर्थात् १०९ विलियन अमेरिकी डलर बराबरको रेमिट्यान्स घट्ने प्रक्षेपण गरेको छ ।

triton college

कोभिड १९ का कारण विश्व बजार नै लक भएको र विषेशगरी यस्तो अवस्थामा प्रबासी कामदारले रोजगारी गुमाउनेछन् भने कतिपयको तलबमा भारी कटौति हुनेछ । जसका कारण उनीहरुले आफ्नो देशमा पठाउने रकम समेतमा कमी आउँदा रेमिट्यान्समा कमी आउने विश्व बैंकले प्रक्षेपण गरेको छ ।

विश्व बैंकले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ, ‘दक्षिण एसियामा भित्रने रेमिट्यान्स विषेषगरी अमेरिका, वेलायत, युरोप र खाडी क्षेत्रबाट हो ।’ विश्व बजारमा तेलको मूल्यमा ओरालो लाग्नु र कोभिड १९को असरले दक्षिण एसियामा भित्रने रेमिट्यान्समा कमी आउने विश्व बैंकको दावी छ । विश्व बैकका अनुसार सन् २०१९ मा दक्षिण एसियामा रेमिट्यान्स ६.१ प्रतिशतले बढेको थियो ।

त्यस्तैगरी सन् २०२० मा विश्व बजारमा कोरोनाको प्रभावका कारण २० प्रतिशतसम्म रेमिट्यान्स घट्न सक्ने पनि विश्व बैंकले प्रक्षेपण गरेको छ ।

‘मध्यम आय भएका देशहरुमा सन् २०२० मा १९.७ प्रतिशतले अर्थात् ४४५ विलियन अमेरिकी डलर बराबरको रेमिट्यान्सले कमी आउनेछ । यसले बहुसख्यक मानिसको घरपरिवार र उसले भोग्नुपर्ने आर्थिक संकटको प्रतिनिधित्व गर्दछ,’ बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

corrent noodles
Metro Mart

विश्व बैंकको एक अध्ययन अनुसार अति कम विकसित र मध्यम आय भएका देशहरुमा रेमिट्यान्सले गरिवी न्यूनिकरण, कुपोषण रोक्न, शिक्षामा खर्च गर्न, बालश्रमिक कम गर्नका लागि ठूलो भूमिका खेलेको छ ।

बैंकले रेमिट्यान्सको गिरावटका कारण कम विकसित र मध्यम आय भएका देशहरुका जनताले शिक्षा, पोषण लगायतमा खर्च गर्न सक्दैनन् किनकी उनीहरु गुजारा टार्न समेत गाह्रो हुने दावी गरेको छ । उनले भनेको छ, ‘विकाससील देशहरुको मुख्य आय स्रोत भनेकै रेमिट्यान्स हो।’

पूर्वी एसिया क्षेत्रमा सन् २०२० मा रेमिट्यान्स १३ प्रतिशतले घट्ने छ । तर सन् २०२१ मा ७.५ प्रतिशतले मात्र घट्ने विश्व बैंकले प्रक्षेपण गरेको छ । सन् २०१९ मा भने यस क्षेत्रमा २.६ प्रतिशतले मात्र रेमिट्यान्स बढेको थियो ।

यस क्षेत्रको रेमिट्यान्सको सबैभन्दा ठूलो स्रोेत भनेको अमेरिका हो । अमेरिका कोभिड १९ को चपेटामा नराम्रोसँग फसेको, त्यहाँको आर्थिक बृद्धि नै ५.७ प्रतिशतले नकारात्मक हुने र आप्रबासीलाई भिसा नदिने नीतिसँगै त्यहाँ काम गर्ने धेरै कामदारले काम गुमाउनुपर्ने, कतिपयको तलव कटौति हुने हुदा पुवी एसियाको रेमिट्यान्समा प्रत्यक्ष असर पर्ने विश्व बैंकको प्रक्षेपण रहेको छ ।

त्यस्तै युरोप र सेन्ट्रल एसियामा रेमिट्यान्स सन् २०१९ मा ६ प्रतिशतको हाराहारीमा बृद्धि भएको थियो । तर सन् २०२० मा भने यस क्षेत्रमा २८ प्रतिशतले कमी आउने विश्व बैंकले प्रक्षेपण गरेको छ ।

ल्याटिन अमेरिका र क्यारेविन क्षेत्रमा पनि सन् २०२० मा १९.३ प्रतिशतले कमी आउने बैंकले प्रक्षेपण गरेको छ । सन् २०१९ मा भने यस क्षेत्रमा ७.४ प्रतिशतले बृद्धि भएको थियो ।
मिडल इष्ट एन्ड नर्थ अफ्रिका क्षेत्रमा सन् २०२० मा १९.६ प्रतिशतले घट्ने अनुमान बैंकले गरेको छ । सन् २०१९ यस क्षेत्रमा २.६ प्रतिशतले मात्र बृद्धि भएको थियो ।

 

प्रकाशित: Apr 23, 2020| 20:50 बिहीबार, वैशाख ११, २०७७
प्रतिक्रिया दिनुहोस्