शुक्रबार, वैशाख १४, २०८१

मादी हत्याकाण्डको पाँच दिन बित्दा पनि घटना रहस्यमय

संखुवासभाको मादी नगरपालिका–१ उम्लिङको खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या भएको पाँच दिन बित्दा पनि घटना रहस्यमै छ।
 |  शुक्रबार, भदौ २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २५, २०७८

विराटनगर– संखुवासभाको मादी नगरपालिका–१ उम्लिङको खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या भएको पाँच दिन बित्दा पनि घटना रहस्यमै छ। एकै परिवारका ६ जनाको हत्या गरिएको अवस्थामा शव भेटिएको पाँच दिन हुँदासम्म दोषीको पहिचान हुन सकेको छैन। घटनामा कुनै सुराक नपाउँदा अनुसन्धान अलमलमा परेको प्रहरी अधिकारी बताउँछन्।

triton college

उनीहरूका अनुसार हत्यारा पत्ता लगाउन कठिन र असहज भइरहेको छ। भौगोलिक विकटता, निरन्तरको वर्षा, सञ्चार र यातायातको असुविधा प्रभावकारी अनुसन्धानका बाधक बनेको उनीहरुको भनाइ छ। घटना सार्वजनिक भएदेखि नै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), प्रदेश १ प्रहरी कार्यालय विराटनगर, संघीय एकाइ प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय संखुवासभा र इलाका प्रहरी कार्यालय चैनपुरको टोली खटिएका छन्।

बुधबार साँझदेखि प्रदेश १ प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसी घटनास्थलमै छन्। तर टोलीले अहिलेसम्म घटनामा मजवुत प्रमाण जुट्न नसक्दा हत्याराको पहिचान र पक्राउ मुस्किल बनिरहेको डीआइजी बीसीले बताए। अनुसन्धानमा सबै विधिको प्रयोग भइरहेकाले जतिसक्दो चाँडो अपराधी पत्ता लगाउने प्रयासमा रहेको उनको भनाइ छ। 

संखुवासभाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले घटनाका सम्बन्धमा सूक्ष्म अध्ययन तथा अनुसन्धान गरिरहेको बताए।

घटनापछि स्थानीय शोक र त्रासमा छन्। गाउँको अवस्था सामान्य बन्न नसकिरहेको वडाध्यक्ष खेमराज कटुवालले बताए। अपराधीहरु प्रहरी नियन्त्रणमा नआउँदासम्म स्थानीय त्रासमै बस्नुपर्ने अवस्था छ।
अनुसन्धानलाई जतिसक्दो चाँडो निष्कर्षमा पुर्याउन प्रहरी सक्रिय रूपमा लागेको उनले जानकारी दिए। अहिलेसम्म हत्यामा संलग्न कसैलाई पक्राउ गर्न नसकिए पनि फराकिलो दायरा बनाएर गरिएको सूक्ष्म अनुसन्धान प्रगतितर्फ उन्मुख रहेको उनको भनाइ थियो। करिब ४० जना प्रहरी घटनास्थल आसपास परिचालन गरिएको उनको भनाइ छ। 

अनुसन्धानका क्रममा मृतकको घरमा घरभित्र खानतलासी गर्दा चार लाख ७१ हजार र केही सुनका गरगहना सुरक्षित रूपमा फेला परेकाले त्यहाँ कुनै लुटपाट नभएको प्रहरीको दाबी छ। घटनाको अनुसन्धानमा ल्याइएका तालिमप्राप्त कुकुरले केही तथ्य पत्ता लगाउन सकेन। 

corrent noodles
Metro Mart

घटनापछि स्थानीय शोक र त्रासमा छन्। गाउँको अवस्था सामान्य बन्न नसकिरहेको वडाध्यक्ष खेमराज कटुवालले बताए। अपराधीहरु प्रहरी नियन्त्रणमा नआउँदासम्म स्थानीय त्रासमै बस्नुपर्ने अवस्था छ।

मादी नगरपालिका १ का ८४ वर्षीया पार्वता कार्की, छोरा ५८ वर्षीय तेजबहादुर कार्की र तेजबहादुरकी पत्नी ५२ वर्षीया कमला कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की र नातिनातिना ११ वर्षीय दीपेन र ७ वर्षीया गोमा कार्कीको हत्या भएको अवस्थामा गत सोमबार बिहान शव भेटिएको थियो।

प्रकाशित: Sep 10, 2021| 17:31 शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।