शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • जमात समूहका मुस्लिमबाट कोरोनाको उच्च जोखिम, दुई दिनभित्र तथ्याङ्क बुझाउन निर्देशन

जमात समूहका मुस्लिमबाट कोरोनाको उच्च जोखिम, दुई दिनभित्र तथ्याङ्क बुझाउन निर्देशन

नेपालमा जमात समूहका मुस्लिमबाट कोरोनाको जोखिम बढेको भन्दै उनीहरुको तथ्यांक दुई दिन भित्र संकलन गर्न राष्ट्रिय मुस्लिम आयोगले निर्देशन दिएको छ ।
 |  सोमबार, वैशाख ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ८, २०७७

काठमाडौं- नेपालमा जमात समूहका मुस्लिमबाट कोरोनाको जोखिम बढेको भन्दै उनीहरुको तथ्यांक दुई दिन भित्र संकलन गर्न राष्ट्रिय मुस्लिम आयोगले निर्देशन दिएको छ ।

triton college

आयोगको आइतबार बसेको बैठकले देशभरका मदरसा र मस्जिदमा जमात समूह भएमा दुई दिनभित्र सम्पूर्ण तथ्याङ्क बुझाउन जमात समूहका अगुवालाई निर्देशन दिएको हो ।

उदयपुरको मस्जिदमा रहेका १२ र पर्सामा तीनजना जमात समूहमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आयोगले उक्त तथ्याङ्क मागेको हो । अध्यक्ष समीम मियाँ अन्सारीका अनुसार नेपालमा करीब १०० विदेशी धार्मिक जमात छन् । धार्मिक कार्यमा आएका समयमा लकडाउनका कारण विभिन्न मस्जिदमा अड्किएका छन् ।

बैठकले देशभरका मस्जिद र मदरसाहरुको अनुगमन तथा लडकाउन पूर्ण पालना गराउन सरकारलाई सघाउन अध्यक्ष अन्सारीकै संयोजकत्वमा सात सदस्यीय केन्द्रीय समन्वय समितिसमेत गठन गरेको छ ।

समितिको सदस्यहरुमा पूर्वमन्त्री मोहम्मद जाकिर हुसैन, सांसद शेख चाँदतारा, राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारी, मुस्लिम सङ्घका अध्यक्ष अब्दुल सत्तार र धर्म गुरुहरु खुर्शिद इस्लाही (ओलमा) र खालिद सिद्धिकी (ओलमा) रहेका छन् ।

corrent noodles
Metro Mart

समिति जिल्लामा पनि बनाउने र जिल्ला प्रशासन तथा प्रहरीसँग मिलेर लकडाउन पालना गर्न मस्जिद तथा मदरसाहरुमा पुग्नेछ ।

मुस्लिम समुदायकोे महान् पर्व रमजान चार÷पाँच दिनपछि नै आउन लागेकाले त्यसबेला नमाज पढ्ने ठाउँहरुमा भीडभाड हुन नदिनका लागि आयोगले अपिल गरेको छ ।

प्रकाशित: Apr 20, 2020| 08:03 सोमबार, वैशाख ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।