बिहीबार, वैशाख २७, २०८१

कोरोनाको औषधि भन्दै रक्सी खाएर ट्रक चलाउने पक्राउ

कोरोना भाइरसको औषधी भन्दै मादक पदार्थ सेवन गरी कन्टेनर ट्रक चलाउने ना ५ ख ४३१ नम्बरको कन्टेनर ट्रक चालक धादिङ धुनिवेशी नगरपालिका ८ बस्ने ३७ वर्षीय राम बहादुर तामाङलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
 |  आइतबार, वैशाख ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ७, २०७७

कोरोना भाइरसको औषधी भन्दै मादक पदार्थ सेवन गरी कन्टेनर ट्रक चलाउने ना ५ ख ४३१ नम्बरको कन्टेनर ट्रक चालक धादिङ धुनिवेशी नगरपालिका ८ बस्ने ३७ वर्षीय राम बहादुर तामाङलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

triton college

चालक तामाङले उक्त ट्रक नागढुंगाबाट कलंकीतर्फ लापरबाहीपूर्वक चलाई चन्द्रागिरी नगरपालिका ११ सिप्रदीस्थित बल्खु पुलमा ठक्कर दिएर दुर्घटना गराई फरार रहेकोमा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले तत्काल पिछा गर्दै गई सोही नगरपालिका १५ ढुंगेअड्डाबाट पक्राउ गरेको हो ।

दुर्घटनाको कारण सिप्रदीस्थित पुल तथा उक्त ट्रकको बायाँ भागमा क्षति पुगेको छ ।

प्रारम्भिक सोधपुछको क्रममा चालक तामाङले कोरोनाको औषधी हुने भ्रममा मादक पदार्थ सेवन गरेको बताएको र निज उपर मुलुकी अपराध संहिता, २०७५ बमोजिम थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

प्रकाशित: Apr 19, 2020| 19:14 आइतबार, वैशाख ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।