शनिबार, वैशाख १५, २०८१

बाँकेकाे भेरी अस्पतालमा कोरोना परीक्षण सुरु

नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा कोरोना भाइरसको परीक्षण सुरु गरिएको छ।
 |  आइतबार, वैशाख ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ७, २०७७

राँझा- नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा कोरोना भाइरसको परीक्षण सुरु गरिएको छ। रियल टाइम पोलिमर चेन रिएक्सन (आरटीपीसीआर) उपकरण शनिबार जडान भएपछि आइतबा।बाट कोरोना परीक्षण सरु भएको अस्पतालका निमित्त प्रमुख डा. प्रकाश थापाले जानकारी दिए।

triton college

उनका अनुसार कोरोना भाइरस संक्रमणको परीक्षण शनिबार साँझबाटै सुरु गरिए पनि आइतबारबाट नमुना संकलन गरिएको छ। आरटीपीसीआर उपकरण जडान तथा परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टोली काठमाडौंबाट ‘रिएजेन्ट केमिकल’ लिएर शुक्रबार नेपालगञ्ज आएको थियो।

रगत परीक्षण गर्न आवश्यक पर्ने ‘रिएजेन्ट केमिकल’ को नेपालगञ्जमा अभाव भएपछि काठमाडौंबाट मगाइएको हो।
बाँके र बर्दियाका जनताको कोरोना सङ्क्रमण परीक्षणका लागि लक्षित गरी सो अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गरिएको हो।

प्रयोगशाला सञ्चालन भएपछि अब स्वाब नमुना परीक्षणका लागि भैरहवा अथवा काठमाडौं पठाउनु पर्ने बाध्यता हटेको छ। सो उपकरणबाट एक दिनमा १०० जनाको नमुना परीक्षण गर्न सकिने डा. थापाको भनाइ छ।

बाँकेका विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत कोरोना भाइरसका शंकास्पद बिरामीमध्ये शनिबार थप १४ जनाको कोरोना परीक्षण रिपोर्ट ‘नेगेटिभ’ देखिएको छ। यससँगै बाँकेमा शनिबारसम्म भएका सबै परिक्षणमा ४ सय ९६ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ।

corrent noodles
Metro Mart

जिल्लाका विभिन्न अस्पतालमा उपचाररत १५ जना बिरामीको वैशाख ३ गते संकलित ‘थ्रोट स्वाव’ को नमूना मध्ये शनिबार बेलुकासम्म १४ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको र १ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।

शनिबार थप ८ जनाको नमुना संकलन गरिएको छ। बाँकेमा हालसम्म ५ सय ५ जनाको कोरोना परीक्षण गरिएको छ। जसमध्ये ४ सय ९६ को रिपोर्ट ‘नेगेटिभ’ आइसकेको छ भने ९ जनाको रिपोर्ट आउन बाँकी छ। -रासस

प्रकाशित: Apr 19, 2020| 14:38 आइतबार, वैशाख ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।