शुक्रबार, वैशाख १४, २०८१

पाँच स्थानीय तहका विद्यालयमा पठनपाठन सुरु

बैतडीका पाँच स्थानीय तहका विद्यालयमा पठनपाठन सुरु भएको छ। दशरथचन्द र पाटन नगरपालिका तथा शिवनाथ, पञ्चेश्वर र सिगास गाउँपालिकाका विद्यालयमा पठनपाठन थालिएको हो।
 |  शुक्रबार, भदौ २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २५, २०७८

बैतडी- बैतडीका पाँच स्थानीय तहका विद्यालयमा पठनपाठन सुरु भएको छ। दशरथचन्द र पाटन नगरपालिका तथा शिवनाथ, पञ्चेश्वर र सिगास गाउँपालिकाका विद्यालयमा पठनपाठन थालिएको हो।   

triton college

कोरोना सङ्क्रमणका कारण लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइ अन्योलमा थियो। विद्यार्थीको भविष्य बिग्रिने भन्दै दशरथचन्द नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयमा यही भदौ २१ देखि २७ गतेसम्म पठनपाठन सुरु गर्न निर्देशन दिएको छ। नगरपालिकाको उक्त निर्देशनपछि केही विद्यालयमा पढाइ सुरु भएको र अन्यमा भदौ २७ गतेदेखि पठनपाठन थालिने नगरपालिकाका शिक्षा संयोजक मोहन नाथले जानकारी दिए। 

यस्तै सिगास गाउँपालिकाका विद्यालयमा मङ्गलबारदेखि पढाइ सुरु भएको सो गाउँपालिकाकी उपाध्यक्ष द्रोपती चन्दले बताइन्। पाटन नगरपालिकामा भदौ २० गते, पञ्चेश्वरमा २१ गतेदेखि तथा शिवनाथ गाउँपालिकामा गत महिनादेखि नै पठनपाठन सुरु भइसकेको छ। कोरोना सङ्क्रमणको जोखिम कायमै रहेपनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै पठनपाठन भइरहेको सम्बन्धित स्थानीय तहले जनाएका छन्। 

जिल्लाका बाँकी पाँच स्थानीय तहका पनि पठनपाठन सुरु गर्ने तयारी भएको छ । मेलौली र पुर्चौँडी नगरपालिका तथा डिलाशैनी र सुर्नया गाउँपालिकामा यही भदौ २७ गतेदेखि विद्यालय  सञ्चालनमा आउने  बताइएको छ। दोगडाकेदार गाउँपालिकामा पनि विद्यालय सञ्चालनको मिती तय गरिने भएको छ। 

जिल्लामा हालसम्म कोरोना सङ्क्रमणका कारण १८ जनाको ज्यान गएको छ। हाल जिल्लामा २० सक्रिय सङ्क्रमित रहेका छन्। शिवनाथ, पञ्चेश्वर, सिगास र डिलाशैनीमा सक्रिय सङ्क्रमित शून्य रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। रासस

corrent noodles
Metro Mart

प्रकाशित: Sep 10, 2021| 13:21 शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।