बुधबार, वैशाख २६, २०८१

काभ्रेमा दुई जनामा संक्रमणको आशंका

विदेशबाट आएका काभ्रेका दुई जनामा कोरोना भाइरस संक्रमणको आशंका गरिएको छ।
 |  मंगलबार, वैशाख २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २, २०७७

काठमाडौं- विदेशबाट आएका काभ्रेका दुई जनामा कोरोना भाइरस संक्रमणको आशंका गरिएको छ।

triton college

र्यापिड टेस्ट गर्दा नतिजा पोजेटिभ आएपछि उनीहरुलाई थप परीक्षणका लागि धुलिखेल अस्पतालमा लगिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

संक्रमणको आशंका गरिएकामा एकजना युवक बेथानचोक गाउँपालिकाका छन्। उनी चैत ८ गते भारतबाट आएका थिए। उनीसँगै आएका अन्य दुईजनाको भने रिपोर्ट नेगेटिभ पाइएको छ।

यस्तै मण्डनदेउपरका अर्का युवकको पनि टेस्ट गर्दा पोजेटिभ जस्तो देखिएपछि थप परीक्षण गर्न धुलिखेल अस्पताल लगिएको छ। दुबईबाट आएका उनी केही दिन नगरपालिकाको क्वारेन्टाइनमा बसेका थिए। शंका लागेपछि उनलाइ धुलिखेल पठाइएकाे नगर प्रमुख टाेकबहादुर तामाङले जानकारी दिए।

दुवैको स्वाब परीक्षण गरेपछि मात्र संक्रमण भए नभएको पुष्टि हुने धुलिखेल अस्पतालले जनाएको छ। उनीहरूकाे स्वाब परीक्षणका लागि बुधबार टेकुस्थित प्रयाेगशलामा पठाइने अस्पताल स्राेतले बतायाे। 

corrent noodles
Metro Mart

प्रकाशित: Apr 14, 2020| 18:39 मंगलबार, वैशाख २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।