शुक्रबार, वैशाख १४, २०८१

नेपाली महिला फुटबलको स्तर उस्तै, उँभो लाग्दै बंगलादेश

बिहीबार साँझ बंगलादेशविरुद्धको खेलमा डेब्यु गरेका दुई नेपाली महिला फुटबल खेलाडीको सम्झनलायक रह्यो। दशरथ रंगशालामा सम्पन्न खेलमा फरवार्ड विमला चौधरीले दिएको पासमा सविता राना मगरले खेलको १४ औं मिनेटमा गोल गरिन्।
 |  शुक्रबार, भदौ २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २५, २०७८

काठमाडौं– बिहीबार साँझ बंगलादेशविरुद्धको खेलमा डेब्यु गरेका दुई नेपाली महिला फुटबल खेलाडीको सम्झनलायक रह्यो। दशरथ रंगशालामा सम्पन्न खेलमा फरवार्ड विमला चौधरीले दिएको पासमा सविता राना मगरले खेलको १४ औं मिनेटमा गोल गरिन्।

triton college

मिडफिल्डमा फ्रि प्लेको स्वतन्त्रता पाएकी सरु लिम्बूले दिएको पासलाई सदुपयोग गर्दै अर्की डेब्यु खेलाडी प्रिति राईले गोल गरिन् र खेलको २३ औं मिनेटमा नेपालले अर्को गोल थप्न सफल भयो। यससँगै नेपालले खेलमा अग्रता बनाएको थियो।

पछि बंगलादेशले एक गोल फर्काएपछि नेपालले २–१ गोलको जित निकाल्यो।

खेलपछि बंगलादेशका प्रशिक्षक स्लाम छोटोङले भने, ‘पहिलो हाफमा हाम्रा खेलाडीले दुई गल्ती गरे। त्यसैले गोल भयो। तर पछिल्लो हाफमा राम्रो कमब्याक गर्यौं। त्यसैले एक गोल फर्काउन पनि सक्यो।’

नेपाली महिला टिमका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले सुरुआती रोजाइमा प्रयोग गरेका युवा खेलाडी बिहीबारको खेलमा निकै महत्वपूर्ण सावित भए। उनीहरुको दुई गोलको सहयोगमा नेपालले पहिलो हाफमै अग्रता कायम राखेको थियो।

corrent noodles
Metro Mart

खेलपछि प्रशिक्षक फिलिप्सले भने, ‘सकारात्मक खेल्यौँ। जसरी खेल्यौँ त्यसमा खुसी छु। दोस्रो गोल हामीले खेलेको फुटबलको राम्रो पक्ष हो। बंगलादेशले पनि राम्रो खेल्यो। ६ हप्ताको अभ्यासका लागि यो मैदान निकै गाह्रो थियो।’

दुईबाहेकका नेपालका सबै प्रयास खेर गए। खेलको २९ औं मिनेटमा प्रिति राईले बनाएको मुभलाई बंगलादेशी डिफेन्डरले सफल हुन दिइनन्। एनले पोस्ट अटेम्प्ट गर्नै सकिनन्।

यता, बंगलादेशका खेलाडीले ३४ औं मिनेटमा पोस्ट नजिकैबाट पोस्टबाहिर प्रहार गरेपछि पाहुना टिम अग्रता बनाउनबाट चुकेको थियो। पहिलो हाफमा दुवै टिमका फरवार्डका तुलनामा विपक्षी टिमका डिफेन्डर हावी भए।

‘हामीसँग चार पाँच देब्रे खुट्टाले खेल्ने खेलाडी छन्, हामीले मिडलमा अझै राम्रो गर्न सक्छौं,’ ग्यारीले भने, ‘मैदान निकै हेभी थियो। त्यसले खेलाडीको गतिमा असर गर्यो। कहिलेकाहिँ यस्तो अवस्थामा फाइट गर्न गाह्रो हुन्छ।’

दोस्रो हाफमा भने नेपालले गोल गर्न सकेन। केही राम्रा मुभहरु बनाए पनि गोलका अवसर खेर गइरहे। ४९ औं मिनेटमै सविता रानाको पासमा प्रिति राईले प्रहार गरेको बल बंगलादेशी गोलकिपर रुपना चक्माले रोकिन्। त्यस्तै ६९ औं मिनेटमा विमलाले गरेको प्रहार पोस्टबाहिर गएको थियो।

त्यसको एक मिनेटअघि बंगलादेशकी मोहम्मद श्वप्नको क्रसमा रितू चक्माले पोस्टनजिकै हेड गर्न सकिनन्। रितूले खेलको इन्ज्युरी समयमा गरेको प्रहार नेपालकी गोलकिपर एन्जिला तुम्बाप्पोले बचाइन्। त्यसअघि ७९ औं मिनेटमा बंगलादेशकी सिमोटी सरकारले प्रहार गरेको बल नेपाली गोलकिपर सुब्बाले पोस्टबाहिर पठाएदिइन्।

यता खेलको १० मिनेट बाँकी रहँदा बंगलादेशले गोल फर्कायो। जहाँ श्वप्नले गोल गरिन्। पाँच मिनेट बाँकी रहँदा नेपालकी रश्मी घिसिङले पनि डेब्यु गरिन्। उनले मन्जली योन्जनलाई विस्थापन गरेकी थिइन्। त्यही मिनेटमा सविता रानाको स्थानमा अनिता बस्नेत पनि मैदान प्रवेश गरेकी थिइन्।

दोस्रो हाफमा नेपाली टिमले एउटै गोल गर्न नसकेपछि नेपालले २–१ गोलअन्तरका साथ खेल जित्यो। नेपालले केही प्रहार गरे पनि मूलतः खेलमा बंगलादेश हाबी भयो। उसले पटक पटक नेपाली टिमको पोस्टनजिक खेलिरह्यो। 

बंगलादेशले पछिल्लो समय देशको समग्र फुटबलमा ठूलो लगानी गरिरहेको छ। प्रशिक्षक छोटोङले महिला टिम सम्हालेको पनि दशक पुगिसकेको छ। त्यस दौरान बंगलादेशको फुटबलमा निकै सुधार भएको छ। नेपालले बंगलादेशससँग अहिलेसम्म ७ खेल खेलेको छ। पहिला बंगलादेशलाई नेपालले दबाबमा राख्ने गर्थ्यो। तर बिहीबारको खेलमा नेपाल बंगलादेशको दबाबमा पर्यो। यद्यपिीनेपालले जित निकाल्न सक्यो।

तथ्यांकबाट पनि पुष्टि हुन्छ, बिहीबार बंगलादेशले नेपाललाई हानेको दोस्रा गोलमात्र हो। यसअघि उसले ओलम्पिक छनोटको पहिलो चरणमा म्यानमारमा बंगलादेशसँग १–१ गोलको बराबरी गरेको थियो।

त्यतिबेला नेपालले भने बंगलादेशसँगको खेलमा पहिलो गोलको सामना गरेको थियो। त्यो खेल २०१८ नोभेम्बरमा भएको थियो।

प्रशिक्षक फिलिप्स नेपालले त्योभन्दा राम्रो खेल्न सक्ने बताउँछन्। ‘जुन दोस्रो गोल थियो। त्यो हामीले कसरी खेल्न सक्छौं भन्ने एक नमुना हो। हामीले कृत्रिम टर्फमा मात्र अभ्यास गरिरहेका कारण मैदानमा खेल्न गाह्रो भयो,’ ग्यारीले भने।

यता बंगलादेशका प्रशिक्षक स्लाम छोटोङले आफूले अनुमान गरेजस्तै प्रतिस्पर्धा भएको बताए। उनले भने, ‘सोचेजस्तै प्रतिस्पर्धात्मक खेल भयो। लामो समयपछि भएको खेल हो। कस्तो होला भन्ने थियो। तर पछिल्लो ६ हप्ताबाट राम्रो अभ्यास गरिरहेका थियौ, त्यहीअनुसारको खेल भयो। मलाई लाग्छ उनीहरुले दैनिक राम्रो गर्दै जानेछन्।’

उनले थपे,‘हामी गल्ती सुधार गर्नेछौं। यो मैदानमा अर्को खेल अझै राम्रो गर्नेछौं। म नेपाली टिमलाई शुभकामना दिन चाहन्छु।’

बिहीबारको खेलमा सविताको खेल निकै राम्रो रहेको प्रशिक्षक फिलिप्सले बताए। भने, ‘उनी आजको टिमको रोनाल्डो जस्तै हुन्। केही फरक तरिकाको र विशेष खेलाडी। ठूलो खेलाडीको अघि कहिलेकाहीँ साना खेलाडीलाई गाह्रो हुन्छ। त्यस्तो भयो होला तर उनको प्रदर्शन निकै राम्रो रह्यो।’

बिहीबारको खेलमा प्लेयर अफ दि म्याच प्रिति राई भइन्। खेल कस्तो रह्यो भन्ने प्रश्नमा उनले भनिन्,‘राम्रा रह्यो। अर्को खेलमा बल बिल्डअप गर्दै अझै धेरै स्कोर गर्छौं। अझै राम्रो गर्ने लक्ष्य हो।’

प्रिती यू १५ को कप्तान रहे पनि यू १९ मा नखेली सिनियर टिममा पुगेकी हुन्। उनले भनिन्, ‘यू १५ बाट यू १९ मा नपरी एकैचोटी सिनियरमा खेल्न पाउँदा खुसी लागेको छ। आज गरेको त्यो गोलले मलाई उत्साहित बनाएको छ।’

प्रकाशित: Sep 10, 2021| 11:00 शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।