शुक्रबार, वैशाख १४, २०८१

६ अर्बले बढ्यो वैदेशिक लगानी, बढी लगानी भारतबाट

गत वर्ष १३ अर्ब मात्र भित्रिएको वैदेशिक लगानी यो वर्ष ६ अर्बले बढेर १९ अर्ब ४ करोड पुगेको छ।
 |  शुक्रबार, भदौ २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २५, २०७८

काठमाडौं- गत वर्ष १३ अर्ब मात्र भित्रिएको वैदेशिक लगानी यो वर्ष ६ अर्बले बढेर १९ अर्ब ४ करोड पुगेको छ।

triton college

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी अध्ययनले अघिल्लो आर्थिक वर्षभन्दा यस आर्थिक वर्षमा ४८.८५ प्रतिशतले अर्थात् ६ अर्ब ४ करोड रुपैयाँले प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि भएको हो।

लगानीमध्ये चुक्ता पुँजीको अंश ५४.४ प्रतिशत, रिजर्भ ३३.८ प्रतिशत र कर्जाको ११.८ प्रतिशत छ। चुक्ता पुँजीको अंश २२.६ प्रतिशतले बढेकाले कूल प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि आएको हो। कोभिडको महामारीको प्रभाव परेपछि पहिल्यै प्रतिबद्धता भएका उद्योग तथा आयोजनामा लगानी भित्रिएकाले वैदेशिक लगानी बढेको हो।

नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूमध्ये कूल १९८ वटा कम्पनीको नमूना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्यांक तथा अन्य विवरणको विश्लेषणका आधारमा राष्ट्र बैंकले ‘प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७६/७७’ सार्वजनिक गरेको हो।

राष्ट्र बैंकका अनुसार नेपालमा ५२ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ। यसमध्ये सबैभन्दा बढी अंश भारतको छ। २०७७ असार मसान्तसम्ममा भारतबाट ६२ अर्ब ४५ करोड, चिनबाट ३० अर्ब ९७ करोड, सेन्ट किस्ट एण्ड नेभिसबाट १५ अर्ब २७ करोड र आयरल्यान्डबाट १२ अर्ब ९३ करोड लगनी भित्रिएको छ।

प्रत्यक्ष वैदेशिक लगानीमध्ये सबैभन्दा बढी अंश उत्पादनमूलक र खानिजन्य उद्योगमा २८ प्रतिशत, विद्युतमा २७ प्रतिशत, वित्तीय मध्यस्ततासम्बन्धी उद्योगमा २७ प्रतिशत यातायात र संचारमा ५ प्रतिशत र अन्य क्षेत्रमा ११ प्रतिशत रहेको छ।

corrent noodles
Metro Mart

आर्थिक वर्ष २०७६/७७ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूमध्ये कूल १९८ वटा कम्पनीको नमूना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्यांक तथा अन्य विवरणको विश्लेषणका आधारमा राष्ट्र बैंकले ‘प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७६/७७’ सार्वजनिक गरेको हो।

प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा वैदेशिक लगानीकर्ताहरूले प्रतिफलबापत १२ अर्ब ९० करोड रुपैयाँ आफ्नो देश फिर्ता लगेका छन्। यसमा सबैभन्दा बढी उत्पादनमूलक उद्योगहरुबाट ७ अर्ब ५२ करोड र वित्तीय मध्यस्तता सम्बन्धी उद्योगबाट ४ अर्ब ७९ करोड रूपैयाँ प्रतिफलबापत फिर्ता भएको छ।

प्रकाशित: Sep 10, 2021| 08:30 शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्