शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कोरोना भाइरसको सय दिन : मृतकको संख्या लाख पुग्दै, पत्ता लागेन औषधि

कोरोना भाइरसको सय दिन : मृतकको संख्या लाख पुग्दै, पत्ता लागेन औषधि

विश्व स्वास्थ्य संगठनले नोवल कोरोना भाइरसको पहिलो संक्रमण पुसष्ट भएको एक सय दिन पूरा भएको जनाएको छ।
 |  शुक्रबार, चैत २८, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २८, २०७६

विश्व स्वास्थ्य संगठनले नोवल कोरोना भाइरसको पहिलो संक्रमण पुसष्ट भएको एक सय दिन पूरा भएको जनाएको छ।

triton college

३१ डिसेम्बर २०१९ मा चीनको हुबेई प्रान्तस्थित वुहान सहरमा निमोनियाको थुप्रै ‘केस’ देखिएको थियो।

आजभन्दा सय दिनअघि चीनमा देखा परेको कोरोना भाइरस (पछि कोभिड–१९ नाम दिइएको) बाट मर्नेको संख्या विश्वभर ९७ हजारभन्दा बढी पुगिसकेको छ । १६ लाखभन्दा बढी यसबाट संक्रमित छन्।

चीनबाट यो भाइरस क्रमशः अन्य मुलुकमा पनि फैलिन थाल्यो। अहिले विश्वका केही देशमात्र यसबाट मुक्त छन्।

सय दिन बित्दा पनि यसको न कुनै भ्याक्सिन तयार भएको छ न औषधि नै ।

corrent noodles
Metro Mart

के–के भयो सय दिनमा ?

३१ डिसेम्बर २०१९– चीनद्वारा डब्लुएचओलाई वुहानमा अज्ञात संक्रमणको जानकारी

११ जनवरी २०२०– चीनमा कोरोनाबाट पहिलो मृत्यु

१३ जनवरी २०२९– कोरोना भाइरस चीनबाट थाइल्याण्ड पुग्यो

२३ जनवरी २०२०– कोरोनाको उद्गम सहर वुहान लकडाउन

३० जनवरी २०२०– डब्लुएचओद्वारा स्वास्थ्य संकटकाल घोषणा, भारतमा पहिलो संक्रमण पुष्टि

७ फेब्रुअरी २०२०– कोरोना भाइरसको बारेमा चेतावनी दिने चिनियाँ डाक्टरको यही भाइरसका कारण मृत्यु

२२ फेब्रुअरी २०२०– इटालीमा कोरोनाबाट पहिलो मृत्यु

११ मार्च २०२०– डब्लुएचओद्वारा कोरोना भाइरसलाई महामारी घोषणा

२७ मार्च २०२०– बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना संक्रमण

८ अप्रिल २०२०– वुहान सहरमा लकडाउन खुल्यो

बीबीसी

प्रकाशित: Apr 10, 2020| 10:52 शुक्रबार, चैत २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।