शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कर्मचारीले घरमा बसेर के गर्ने ? सरकारले दियो यस्तो निर्देशन

कर्मचारीले घरमा बसेर के गर्ने ? सरकारले दियो यस्तो निर्देशन

सरकारले लकडाउनका कारण घरमै बसिरहेका सरकारी कर्मचारीलाई १० बुँदे निर्देशन दिएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै राष्ट्रसेवक कर्मचारीका नाममा निर्देशन दिएको हो ।
 |  बिहीबार, चैत २७, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २७, २०७६

सरकारले लकडाउनका कारण घरमै बसिरहेका सरकारी कर्मचारीलाई १० बुँदे निर्देशन दिएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै राष्ट्रसेवक कर्मचारीका नाममा निर्देशन दिएको हो ।

triton college

निर्देशनमा आफूभन्दा एक तहमाथिको कर्मचारीसँग नियमित सम्पर्कमा रहन, टेलिफोन तथा इन्टरनेटसँग सम्बन्धित सूचना प्रविधिका साधनहरू प्रयोग गरी घरमै बसेर गर्न सकिने कार्यहरू कार्यालय प्रमुख तथा सुपरिवेक्षकसँग समन्वय गरी सम्पन्न गर्न भनिएको छ।
कोरोना भाइरसबाट सुरक्षित रहने तथा आफ्नो परिवारका सदस्य र आफ्नो सम्पर्कमा रहेका व्यक्तिहरूलाई सरकारले दिएका निर्देशनको पूर्ण पालना गर्न सहयोग र सहजीकरण गर्न पनि निर्देशन दिइएको छ ।

त्यस्तै आफू बसेको ठाउँ वरिपरि लकडाउन सुरु भएको मितिपछि प्रभावित ठाउँबाट आएका व्यक्ति अनावश्यक रूपमा घुमफिर गरेको पाइएमा तिनलाई क्वारेन्टाइनमा बस्न अनुरोध गर्न र त्यसरी अनुरोध गर्दा पनि बाहिर हिँडडुल गरेको पाइएमा सम्बन्धित वडा कार्यालयमा जानकारी गराउन भनिएको छ ।

साथै सरकारी निकाय तथा पालिकाबाट सञ्चालन गरिएका लगत सङ्कलन, राहत वितरण जस्ता कार्यमा सहयोग पुर्याउन, दैनिक उपभोगका वस्तुहरूको मूल्य अस्वाभाविक रूपमा बढेको पाइएमा जानकारी गराउन, अनावश्यक रूपमा कुनै पनि व्यक्तिलाई बाहिर ननिस्कन अनुरोध गर्न तथा सावधानीका उपाय सिकाउन पनि सरकारले घर बसेका कर्मचारीलाई निर्देशन दिएको छ।

प्रकाशित: Apr 09, 2020| 07:11 बिहीबार, चैत २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।