शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कोरोना अस्पतालमा ज्यान गुमाएका बाबुरामको शव ११ दिनपछि उठ्यो

कोरोना अस्पतालमा ज्यान गुमाएका बाबुरामको शव ११ दिनपछि उठ्यो

कोरोना विशेष (अस्थायी) अस्पताल बुटवलमा ज्यान गुमाएका एक जनाको शव परिवारले ११ दिनपछि बुझेका छन्।
 |  बुधबार, चैत २६, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत २६, २०७६

काठमाडौं– कोरोना विशेष (अस्थायी) अस्पताल बुटवलमा ज्यान गुमाएका एक जनाको शव परिवारले ११ दिनपछि बुझेका छन्।

triton college

चैत १६ गते अस्पतालमा ज्यान गुमाएका पाल्पा, रिब्दीकोटका बाबुराम थापाको शव ११ दिनपछि बुधबार परिवारले बुझेका हुन्।

बुधबार बसेको सर्वपक्षीय बैठकले मृतक परिवारलाई आठ लाख रूपैयाँ राहत दिने तथा सन्ततिको शिक्षा दिक्षाको व्यवस्था गर्ने सहमतिमा परिवारले शव उठाएको अस्पतालले जनाएको छ। अस्पतालको लापरवाहीका कारणले थापाको ज्यान गएको भन्दै परिवारले शव ११ दिनसम्म शव उठाउन मानेको थिएन।

सर्वपक्षीय बैठकले मृतकका परिवारलाई विभिन्न सामाजिक संघसंस्थाले ८ लाख राहत दिने निर्णय भएको छलफलमा सहभागी पूर्वसभासद् विनोद पहाडीले जानकारी दिए।

पहाडीका अनुसार पाल्पाली समाजले ५ लाख ५० हजार, टण्डन समाजले १ लाख ५० हजार र थापा समाजले १ लाख राहत जुटाएर परिवारलाई दिने सहमति भएको छ।

corrent noodles
Metro Mart

प्रदेश ५ को सामाजिक विकास मन्त्रालयसमेतको उपस्थितिमा भएको सहमतिमा प्रदेश सरकारको पहलमा मृतककी पत्नीलाई स्थानीय तहमा जागिर दिलाउने र दुई छोरालाई कक्षा १२ सम्म निःशुल्क पढाउने सहमति भएको छ।

थापालाई कोरोना भाइरस संक्रमणको आशंकामा अस्पतालले भर्ना गर्न नमानेपछि उनको ज्यान गएको परिवारले जनाएको छ। थापाको शव बुधबार नै अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।

प्रकाशित: Apr 08, 2020| 16:58 बुधबार, चैत २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।