शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • माधव नेपाल–फातिमाबीच डेढ घण्टा कुराकानी, नेपालले भने- हामी सहमतिमा अघि बढ्छौँ

माधव नेपाल–फातिमाबीच डेढ घण्टा कुराकानी, नेपालले भने- हामी सहमतिमा अघि बढ्छौँ

 |  बिहीबार, भदौ २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २४, २०७८

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरुबीचको सहमतिमा एमसीसीबारे आफूहरू अघि बढ्ने बताएका छन्। 

triton college

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले एमसीसीका उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोलीसँग बिहीबार सिंहदरबारमा भएको भेटमा सत्तारुढ दलहरुबीच सहमति गरेर मात्रै सो सम्झौंतालाई अघि बढाउन सकिने पार्टी अडान रहेको जानकारी गराएका हुन्। त्यसक्रममा उनले नेपाली जनतालाई कन्भिन्स गराएर मात्रै सो सम्झौता अघि बढाउनुपर्ने अवस्था रहेको रहेको पनि बताए।

त्यसक्रममा फातीमाले एमसीसी कुनै सैन्य रणनीति अन्तरगतको कार्यक्रम नभएको भन्दै अध्यक्ष नेपाललाई आश्वास्त बनाउन खोजेकि थिइन्। यता अध्यक्ष नेपालले भने एमसीसीबारे भ्रमपूर्ण सन्देश दिने काम स्वयम् अमेरिका सरकारबाट भएको पनि बताउनु भएको भेटमा सहभागी नेकपा (एकीकृत समाजवादी)का कार्यालय सचिव डा. गंगालाल तुलाधरले जानकारी दिए।

‘राष्ट्रहितभन्दा बाहिर गएर सो सम्झौंता अघि बढन सक्दैन भन्ने कुरामा हामी दृढ छौं। हामी कमसेकम पनि पाँच पार्टीको बीचमा सहमती बनाएर यो कुरा गर्ने कि नगर्ने निर्णयमा पुग्छौँ,' अध्यक्ष नेपाललाई उद्धृत गर्दै डा तुलाधरले भने, 'राजनीतिक दलहरु जो सरकारमा सामेल छन्। ती सबै राजनीतिक दलहरुको कन्सर्नको कुरा हो। त्यसैले हामीहरु आफू पनि छलफल गरेर सहमतीमा अघि बढछौं।’

करिब ढेड घण्टा भएको भेटवार्तामा उपाध्यक्ष सुमारले एमसीसी दवाव दिएर पारित गराउने पक्षमा आफूहरु नरहेको पनि बताउनु भएको नेकपा (एकीकृत समाजवादी)ले जनाएको छ।

corrent noodles
Metro Mart

प्रकाशित: Sep 09, 2021| 20:59 बिहीबार, भदौ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...