शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • भारतको अस्पतालबाट भागेका कोरोना संक्रमित नेपाली इँटा भट्टामा भेटिए

भारतको अस्पतालबाट भागेका कोरोना संक्रमित नेपाली इँटा भट्टामा भेटिए

भारतको उत्तर प्रदेश राज्यस्थित बागपत जिल्लामा एउटा अस्पतालबाट सोमबार राति भागेका कोरोना भाइरस संक्रमित एक नेपाली फेला परेका त्यहाँका प्रहरी प्रमुखले बीबीसीलाई जानकारी दिएका छन्।
 |  मंगलबार, चैत २५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २५, २०७६

नयाँ दिल्ली - भारतको उत्तर प्रदेश राज्यस्थित बागपत जिल्लामा एउटा अस्पतालबाट सोमबार राति भागेका कोरोना भाइरस संक्रमित एक नेपाली फेला परेका त्यहाँका प्रहरी प्रमुखले बीबीसीलाई जानकारी दिएका छन्। धार्मिक गतिविधि आदानप्रदानका लागि तबलीगी जमाती समूहसँग भारत गएका उनी सुनसरीस्थित भोक्राहाका भएको भारतीय प्रहरीले जनाएको छ।

triton college

शुक्रबार उनमा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टी भएपछि उत्तर प्रदेशको खेकडास्थित लेभल वान अस्पतालमा भर्ना गरिएको थियो। तर, सोमबार राति अस्पतालको झ्यालको सिसा फुटाएर उनी भागेको भन्दै उनलाई खोज्न सघाउन बागपतस्थित प्रहरीले सार्वजनिक सूचना जारी गरेको थियो।

बीबीसीसँग कुरा गर्दै बागपतका प्रहरी सुपरिटेन्डेन्ट प्रताप गोपेन्द्र यादवले भने, ‘हामीले १० टोली परिचालन गरेका थियौं। अहोरात्र काम गरेका थियौं र अहिले पनि फिल्डमै छौं। भर्खरै हामीलाई उनी फेला परेको जानकारी प्राप्त भएको छ। ती व्यक्तिलाई हामीले खेकडा क्षेत्रमै रहेको इँटा भट्टा नजिकैबाट नियन्त्रणमा लिएको छौं।’

उनका अनुसार ६५ वर्षका ती व्यक्तिको जिल्ला अस्पतालमा कोभिड-१९ को उपचार गरिनेछ। बागपतका प्रहरी प्रमुख यादव भन्छन्, ‘हामी उनी किन भागे भनेर बुझ्न खोज्दैछौं । उनी पीडित हुन्। हामी उनको स्वास्थ्यको हेरविचार गर्छौं।’ चिकित्सककाअनुसार उनको स्वास्थ्य अवस्था ७० प्रतिशत ठीक छ। खेकडाको अस्पतालमा कोभिड–१९ को उपचार गराइरहेका उनी एकमात्र व्यक्ति भएको प्रहरीको भनाइ छ।

 

 

प्रकाशित: Apr 07, 2020| 17:48 मंगलबार, चैत २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।