बिहीबार, वैशाख २०, २०८१
  • गृहपृष्ठ
  • समाज
  • लकडाउन तोडेर बझाङमा चैतली मेला, प्रहरी छलेर लिङ्गो ठड्याइयो

लकडाउन तोडेर बझाङमा चैतली मेला, प्रहरी छलेर लिङ्गो ठड्याइयो

चैते अष्टमीमा परम्परागत रुपमा सुरु हुने बान्नीकोट चैतली मेलामा सोमबार सयौँ मानिस भेला भए।
 |  मंगलबार, चैत २५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २५, २०७६

बझाङ- कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम न्युनिकरणका लागि सरकारले देशभरका नागरिकलाई घरभित्रै बस्न भनेको छ।
घरबाहिर निस्किँदा, भिडभाड गर्दा र एकअर्काको सम्पर्कमा जाँदा कोरोना भाइरसको संक्रमण फैलिने जोखिम भएकाले सरकारले अत्यावश्यक कामबाहेक कसैलाई पनि घरबाहिर ननिस्किन भनेको छ।

triton college

तर यही बेला बझाङ जिल्लाको छबिसपाथीभेरा गाउँपालिका–३ मा भने चैतली मेला लागेको छ।

चैते अष्टमीमा परम्परागत रुपमा सुरु हुने बान्नीकोट चैतली मेलामा सोमबार सयौँ मानिस भेला भए।

Image may contain: 1 person, standing, crowd, sky and outdoor

लकडाउन पूर्णरुपमा कार्यान्वयन गराउन सरकारले स्थानीय प्रशासन र स्थानीय तहलाई जिम्मा दिएको छ। तर स्थानीय तहकै लापरबाहीले ठूलो संख्यामा मानिसहरु भेला भएर मेला लगाएका छन्।

corrent noodles
Metro Mart

प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार चैतली मेलाबारे जिल्ला प्रशासन कार्यालयलाई मेलाको सुरुवातमै सूचना प्राप्त भएको थियो।

सूचना पाउनासाथ प्रमुख जिल्ला अधिकारी पाण्डेले स्थानीय तहलाई मेला रोक्न भनेका थिए। तर स्थानीय जनप्रतिनिधिले परम्परा धान्नका लागि सोमबार परेको त्रयोदशीका दिन पूजारीहरु मात्रै उपस्थित भएर पूजापाठ गरी मेला समापन गर्ने र अरु कोही पनि नआउने भनेर विश्वस्त पारे।

Image may contain: one or more people, crowd and outdoor

तर सोमबार बिहानै मेला स्थलमा ठूलो संख्यामा स्थानीयबासी भेला भए। स्थानीयहरुलाई मेलामा जान नदिन त्यहाँ केही मात्रामा पहिलेदेखि नै सुरक्षाकर्मी खटाइएको भए पनि ग्रामिण क्षेत्र भएकाले प्रहरीलाई छलेर मानिसहरु मेलामा पुगे।

त्यो खबर पाउनासाथ प्रमुख जिल्ला अधिकारीले नजिकको प्रहरी चौकीलाई खबर गरेर थप प्रहरी पठाएपछि भेला भएका मानिसहरु घरतर्फ फर्किएका थिए।

मेलामा आएका सबै मानिस घर फर्किएपछि बाहिरबाट गएको प्रहरी पनि फर्किएको थियो। प्रहरी फर्किएको थाहा पाएपछि अपराह्न ४ बजे पुनः स्थानीयहरु भेला भएको आफूले थाहा पाएको प्रमुख जिल्ला अधिकारी पाण्डेले नेपाल समयलाई बताए।

Image may contain: one or more people, crowd, outdoor and nature

मेलामा झण्डै ३-४ सय मानिस आएको भन्ने सुनेको पाण्डेले बताए। फेरि जम्मा भएका स्थानीयहरु भने लिङ्गो ठड्याएर मेला सम्पन्न गरी साँझ घर फर्किएका थिए।

तर स्थानीयबासीहरुका अनुसार मेलामा दिनभर ठूलो संख्यामा मानिसहरु उपस्थित भएका थिए।

ठूलो लिङ्गो ठड्याउने भएकाले मानिसहरुको उपस्थिति पनि ठूलै आवश्यक पर्छ। ती सबै कार्यहरु सम्पन्न गरिएको थियो। स्थानीयहरुले सामाजिक सञ्जालमा राखेका तस्बिरहरुका अनुसार स्वास्थ्यका कुनै उपाय नगरी मानिसहरु भेला भएका थिए।

कोरोनाको जोखिम कति ?

प्रमुख जिल्ला अधिकारी पाण्डेका अनुसार मेला लागेको छबिसपाथीभेरा गाउँपालिकामा हालसम्म एउटा पनि क्वारेन्टाइन छैन। यसको कारण हो कोरोना भाइरसको संक्रमणको जोखिम बढेपछि यस गाउँपालिकामा बाहिरबाट कोही पनि व्यक्ति आएका छैनन्।

Image may contain: one or more people, crowd and outdoor

भारत तथा तेस्रो मुलुकबाट वा अर्को जिल्लाबाट पनि कोही नयाँ व्यक्ति नआएका कारण यहाँ क्वारेन्टाइन नै बनाइएको छैन। प्रमुख जिल्ला अधिकारी पाण्डेले भने, ‘म त्यहाँका हरेक जनप्रतिनिधिसँगको सम्पर्कमा छु, कोही पनि व्यक्ति बाहिरबाट नआएको भन्ने जानकारी पाएकाले अहिलेसम्म क्वारेन्टाइनसमेत बनाइएको छैन।’

उनका अनुसार छिमेकी बुंगल नगरपालिका र दुर्गाथली गाउँपालिकामा भने यो बीचमा भारतबाट आएका व्यक्तिहरु छन्। उनीहरुलाई भेटेजति क्वारेन्टाइनमा राखिएको छ। महाकाली नदीमा पौडी खेलेर आउनेसमेत बझाङ आइपुगेका छन्।

सम्पर्कमा आएका जतिलाई अहिले क्वारेन्टाइनमा राखिएको छ। ‘सम्पर्कमा नआएकाहरु पनि कोही हुन सक्लान्, उनीहरुलाई सम्पर्कमा आउन र क्वारेन्टाइनमा बस्न भनेका छौँ।’ पाण्डेले भने।

जिल्लामा झण्डै ८ सय देखि ९ सय व्यक्ति यो समयमा भारतबाट फर्किएको हुनसक्ने आंकलन छ। तर जिल्ला प्रशासन कार्यालयको रेकर्डमा जम्मा ४ सय ४५ जनामात्रै रहेका छन्। उनीहरु सबैलाई क्वारेन्टाइनमा राखिएको छ। जसमध्ये सबैभन्दा धेरै सदरमुकाम चैनपुरमा बनाइएको क्वारेन्टाइनमा झण्डै ३ सय जनालाई राखिएको छ।

प्रमुख जिल्ला अधिकारी पाण्डेले मेला भएको स्थान छबिसपाथीभेरा गाउँपालिका वडा–३ मा अरु वडाबाट प्रवेश गर्न नदिने र उक्त वडाका मानिसहरुलाई पनि अन्य वडामा जान नदिने गरी स्थानीय तहहरुले रोक लगाएकाले तत्काल जोखिमको अवस्था नरहेको बताए।

तस्बिरहरु स्थानीय फेसबुक पेजबाट

प्रकाशित: Apr 07, 2020| 17:46 मंगलबार, चैत २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।