शुक्रबार, वैशाख १४, २०८१

नवनियुक्त गभर्नर अधिकारीले गरे पदभार ग्रहण

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले प्रधानन्यायधीसबाट सपथ ग्रहण गरेका छन्।
 |  मंगलबार, चैत २५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २५, २०७६

काठमाडौं - नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले प्रधानन्यायधीसबाट सपथ ग्रहण गरेका छन्। मंगलबार गभर्नर अधिकारीले सर्वोच्च अदालत पुगेर प्रधानन्यायधीस चोलेन्द्र शमशेर राणासँग सपथ लिएका हुन। नेपाल राष्ट्र बैंक स्वायत्त निकाय भएकोले उनले प्रधानन्यायधीसबाट सपथग्रहण गरेका हुन्। सपथपछि सिधै राष्ट्र बैंक गएर उनले पदबहाली गरेका छन्।

triton college

अर्थमन्त्रीको संयोजकत्वमा गठन भएको समितिले अधिकारीसहित तीन जनाको नाम गभर्नरका लागि सिफारिस गरेको थियो। गभर्नर अधिकारीलाई यसअघि नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकारले पनि गभर्नरको लागि सिफारिस गरेको थियो।

अधिकारीले विजनेस एड्मिनिस्ट्रेसनमा स्नातक गरेका छन् भने भारतबाट चार्टर्ड एकाउन्टेन्ट गरेका छन्। करिब पाँच वर्षअघि डेपुटी गभर्नरबाट अवकास भएका अधिकारी लगानी बोर्डको सीईओ भएका थिए। बोर्डमा उनको कार्यकाल अझै बाँकी थियो।

पदभार ग्रहण गर्दै उनले कोरोना भाइरसको कारण नेपाली अर्थतन्त्रमा पर्न सक्ने प्रभाव र आवश्यक नीतिगत प्रकृयाको बारेमा अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई ५ वर्षे कार्यकालको लागि गभर्नर पदमा नियुक्त गरेको थियो।

 

प्रकाशित: Apr 07, 2020| 13:15 मंगलबार, चैत २५, २०७६
प्रतिक्रिया दिनुहोस्