शुक्रबार, वैशाख १४, २०८१

एमसीसीको विरोधमा पक्राउ परेका ५४ जना चार दिन प्रहरी हिरासतमै रहने

नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा जेड सुमार र सहअध्यक्ष जोनाथन ब्रुससहितको टोलीको सुरक्षा व्यवस्थामा अवरोध गर्ने ५४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  बिहीबार, भदौ २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २४, २०७८

काठमाडौं– नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा जेड सुमार र सहअध्यक्ष जोनाथन ब्रुससहितको टोलीको सुरक्षा व्यवस्थामा अवरोध गर्ने ५४ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

triton college

काठमाडौंका विभिन्‍न क्षेत्रबाट बिहीबार साँझसम्म ५४ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ। अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को विरोध गर्दै आएका विभिन्‍न समूहले बिहीबार एमसीसी उपाध्यक्षलाई कालो झण्डा देखाउने तथा भौतिक आक्रमणको प्रयास गरेका थिए। 

यस्ता गतिविधिमा संलग्‍न व्यक्तिहरुलाई पक्राउ गरी प्रहरी हिरासतमा राखिएको छ। उनीहरुलाई फातिमाको कार्यक्रम सकिएपछि मात्र छोडिने एक उच्च‍ प्रहरी अधिकारीले जानकारी दिएका छन्। 

उनले भने, ‘आज नै छोड्ने हो भने फेरि पनि अराजक गतिविधिहरु हुन सक्‍ने भएकोले कार्यक्रम सकिएपछि छोड्‍ने तयारी छ। यसका लागि जिल्लाको सुरक्षा समितिको बैठक गरेर अन्तिम टुंगो लगाइने छ।’ 

फातिमाको टोली चार दिने भ्रमणका लागि बिहीबार बिहान काठमाडौं ओर्लिएको छ। बिहीबार टोलीले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई उनकै निवास बालकोट पुगेर भेटेको छ।

corrent noodles
Metro Mart

प्रकाशित: Sep 09, 2021| 18:31 बिहीबार, भदौ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...