शनिबार, वैशाख १५, २०८१

लकडाउन एक साता थपिँदै

गृहमन्त्री रामबहादुर थापाले लकडाउनको समय बढाइने जानकारी दिएका हुन्।
 |  सोमबार, चैत २४, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत २४, २०७६

काठमाडौं - सरकारले ‘लकडाउन’ को समय एक हप्ता थप गर्ने भएको छ। भारतमा २१ दिने लकडाउन जारी रहेको र नेपालमा समेत कोरोनाको संक्रमणको दर केही बढेको पाइएकाले लकडाउन बढाउने तयारी गरिएको हो। 

triton college

गृहमन्त्री रामबहादुर थापाले लकडाउनको समय बढाइने जानकारी दिएका हुन्। सरकारले यही चैत ११ गतेदेखि कोरोनाको संकमण कम गर्ने उद्देश्यले पहिलो चरणमा लकडाउन गरेको थियो। यस्तै चैत १८ गते पुनः लकडाउनको समय थप गरेर भोलि मंगलबारसम्मका लागि थप गरिएको थियो।  

लकडाउनलगायत मुलुकको पछिल्लो अवस्थाका बारेमा छलफल गर्ने उद्देश्यले आज मन्त्रिपरिषद् बैठक बोलाइएको छ। गृहमन्त्री थापाले रासससँग भने, “लकडाउनको अवधि थप गर्ने विषयमा छलफल जारी छ। आजभोलि नै थप हुने निर्णय हुन सक्छ।” 

समग्र अवस्थाको मूल्यांकन गरेर नागरिकको स्वास्थ्य अवस्थालाई समेत केन्द्रमा राखेर महत्त्वपूर्ण निर्णय लिइने मन्त्री थापाले जानकारी दिए।

कोभिड– १९ उच्चस्तरीय समितिको आइतबारको बैठकमा समेत लकडाउनको अवधि थप गर्ने विषयमा छलफल भएको थियो। 

corrent noodles
Metro Mart

सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो प्रदेश मातहत कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै लकडाउनको अवधि थप गर्न संघीय सरकारलाई आग्रह गरिसकेको छ।

यसैबीच गृहमन्त्री थापाले लकडाउनको समयमा कालोबजारी तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रणका लागि सरकारले सुरक्षा निकायलाई प्रभावकारीरुपमा परिचालन गरेको र कुनै पनि समस्या आउन नदिन सचेत रहेको बताए। दैनिक उपभोग्य वस्तुको आपूर्ति तथा शान्ति सुरक्षाका विषयलाई महत्त्वका साथ आफूहरुले संयोजन एवं निर्देशन गरेको उनको भनाइ छ।

यस्तै मन्त्री थापाले सशस्त्र प्रहरी बलको बलम्बुमा रहेको अस्पताललाई कोरोना उपचारका लागि ‘डेडिकेटेड’ अस्पतालका रुपमा तोकेर आवश्यक साधनस्रोत उपलब्ध गराइएको जानकारी दिए। उनका अनुसार अतालका लागि स्वास्थ्य, सामग्री, चिकित्सक एवं अन्य कर्मचारीको प्रबन्ध भएको उनले बताए।

लकडाउनको समयमा अनावश्यक आवागमन रोक्नका लागि नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको थप परिचालन गरिएको उल्लेख गर्दै उहाँले मुलुकभित्र पनि महत्वपूर्ण भूमिकामा नेपाली सेना नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई आवश्यक मात्रामा परिचालन गरिएको बताए।

उनले नागरिकलाई दैनिक उपभोग्य वस्तु उपलब्ध गराउनसमेत सुरक्षा निकायले सहयोग गरेकाले लकडाउन उल्लंघन नगर्न सबैलाई आग्रह गरे।  -रासस

प्रकाशित: Apr 06, 2020| 13:50 सोमबार, चैत २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।