शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • छिमेकीसँगका नाका बन्द गर्दै कर्णाली प्रदेश, पुलमा बार लगाएर आवतजावत अवरोध

छिमेकीसँगका नाका बन्द गर्दै कर्णाली प्रदेश, पुलमा बार लगाएर आवतजावत अवरोध

सुर्खेत– कोरोना भाइरसको त्रासपछि सरकारले लागू गरेको १६ दिन लामो लकडाउन जारी छ । लकडाउनकै बीचमा कोरोना संक्रमित थपिइरहेका पनि छन्।
 |  सोमबार, चैत २४, २०७६

देव राना

देव राना

सोमबार, चैत २४, २०७६

सुर्खेत– कोरोना भाइरसको त्रासपछि सरकारले लागू गरेको १६ दिन लामो लकडाउन जारी छ । लकडाउनकै बीचमा कोरोना संक्रमित थपिइरहेका पनि छन्।

triton college

सीमा जोडिएको छिमेकी सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी कोरोना संक्रमण देखिएपछि कर्णाली प्रदेशले उच्च सतर्कता अपनाएको छ । कर्णालीमा संक्रमण फैलिन नदिन यहाँका स्थानीय तहले छिमेकीसँगको बाटो बन्द गर्दैछन्।

कर्णाली प्रदेशले कसरी अन्तरप्रदेश जोड्ने नाकाहरु बन्द गर्ने ठोस निर्णय नगर्दै स्थानीय तहले छिमेकी प्रदेशसँगका नाका बन्द पूर्ण रुपमा बन्द गरेका छन् ।

छिमेकी प्रदेशबाट कोरोनाको संक्रमण सजिलै आउन सक्ने भन्दै सुर्खेतको चौकुने बराहताल र सिम्ता गाउँपालिका, त्यस्तै भेरीगंगा र गुर्भाकोट नगरपालिका र दैलेखको गुराँस र महावु गाउँपालिकाले छिमेकीसँगको सम्बन्धलाई टाढा बनाउन थालेका छन् ।

संक्रमित देशबाट स्थानीय गाउँ फर्किएपछि कर्णालीका अधिकाशंश स्थानीय तहले एक वडाबाट अर्काे वडामा जान पूर्ण रुपमा बन्द गरेका छन् । दैलेखको महावु गाउँपालिकाले वडाको सिफारिस लिएपछि मात्रै एक वडाबाट अर्काे वडामा जान व्यवस्था गरेको गाउँपालिका अध्यक्ष जंगबहादुर शाहीले जानकारी दिए ।

corrent noodles
Metro Mart

‘संक्रमण फैलिन नदिन गाउँपालिकाका नाकाहरु बन्द छन्, वडाको सिफारिस बिना एक वडाबाट अर्काे वडामा जान प्रतिबन्ध गरेका छौँ,’ अध्यक्ष शाहीले भने, ‘भारतबाट रातिराति मानिसहरु घरमा फर्किएपछि कसैले घरमा समेत प्रतिबन्ध लगाएका छन् ।’

सुर्खेतको गुर्भाकोट नगरपालिकाले प्रदेश नम्बर ५ को दाङ र सल्यानका नाकाहरु बन्द गरेको छ । दाङ भारतसँग सिमाना जोडिएका कारण कोरोनाको संक्रमण फैलिन सक्ने भन्दै दाङबाट सुर्खेत आउने दाङ पुरन्धारारा नाका पूर्ण रुपमा बन्द गरिएको उपप्रमुख मैन विकले जानकारी दिइन् । ‘सल्यान हाम्रै प्रदेशमा पर्यो, त्यही भएर सल्लीतिरको नाकामा कडाइ गर्दै आएका छौँँ,’ उनले भनिन्, ‘दाङ भारतसँग सिमाना जोडिएको जिल्ला भएका कारण पुन्धारा नाका पूर्ण रुपमा बन्द गरेका छौँ ।’ चौकुने गाउँपालिकाले पनि छिमेकी पञ्चपुरी गाउँपालिकाबाट भित्रने सबै नाकाहरु बन्द गरेको छ ।

बराहताल गाउँपालिकाले पनि छिमेकी जिल्लाका नाकाहरु बन्द गरेको छ । गाउँपालिका अध्यक्ष तेजबहादुर बस्नेतका अनुसार दैलेख, बर्दिया, कैलाली र अछामसँँग जोडिएका नाकाहरु बन्द गरेको हो । नाकामा स्वयंसेवकहरु खटाइएको गाउँपालिको जनाएको छ ।

सुर्खेतको सिम्ता गाउँपालिकाले पनि नाकाहरु बन्द गरेको छ । गाउँपालिकाले जाजरकोट र सल्यानका मुख्य नाकाहरु बन्द गरेको हो । यद्यपि छिन्चु–जाजरकोट जोड्ने सडकका कारण नाकाहरु पूर्ण रुपमा बन्द गर्न समस्या भएको गाउँपालिका अध्यक्ष कविन्द्रकुमार केसीले जानकारी दिए ।

‘हामीले गुर्भाकोटबाट आउने नाका पूर्ण रुपमा बन्द गरेका छौँ,’ अध्यक्ष केसीले भने, ‘सल्यान र जाजरकोट जिल्लाका नाकाहरु बन्द गर्न हाइवेले समस्या पार्यो ।’ गाउँपालिकाले राजमार्ग बन्द गरे पनि जाजरकोट, रुकुम पश्चिम र डोल्पा जाने अधिकांश एम्बुलेन्स र खाद्यान्नका गाडीहरु सञ्चालन गर्नुपर्ने बाध्यताका कारण सल्यान र जाजरकोटका नाकाहरु पूर्ण रुपमा बन्द गर्न समस्या भएको गाउँपालिकाको भनाइ छ ।

त्यस्तै सुर्खेतको भेरीगंगा नगरपालिकाले पनि नाकाहरु पूर्ण रुपले बन्द गर्न समस्या भएको जनाएको छ । ‘बबई नाका कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार हो, दैनिक अत्यावश्यक सवारीसाधन चल्दै आएका छन्,’ नगर प्रमुख भूपेन्द्रबहादुर चन्दले भने, ‘पूर्ण रुपमा नाका बन्द गर्न प्रदेश सरकारको निर्णय लिनुपर्छ। नगरपालिका एक्लैले नाका बन्द गर्ने अधिकार छैन ।’

त्यस्तै दैलेखको गुराँस गाउँपालिकाले पनि नाकाहरु पूर्ण रुपमा बन्द गर्न प्रदेश सरकार र जिल्ला प्रशासनको निर्णय कुर्नुपर्ने जनाएको छ । ‘दैलेख भित्रने नाका बन्द गर्न स्थानीय प्रशासनले अनुमति दिनुपर्छ, गाउँपालिकाले कडाइमात्रै गर्ने हो,’ गाउँपालिकाका अध्यक्ष खेमराज वलीले भने, ‘सवारी साधनलाई कडाइ गरेका छौँ तर हिँडेर सुर्खेतबाट–दैलेख पुग्ने नागरिकका कारण समस्या भएको छ ।’

घण्टौं हिँडेर नाकामा पुगेकालाई सम्झाउनु बाहेक फिर्ता गर्न नसकिने उनको भनाइ छ । गाउँपालिकामा कोरोना जोखिमका कारण नागरिकलाई एक वडाबाट अर्काे वडामा नजान अनुरोध गरेको गाउँपालिकाले जनाएको छ ।

यता कर्णाली प्रदेश सरकारले पनि अन्तरप्रदेश जोड्ने नाकाहरु बन्द गर्ने जनाएको छ । संघीय सरकारले नै एक प्रदेशबाट अर्काे प्रदेशमा जान प्रतिबन्ध लगाएपछि त्यसलाई कार्यावन्वन गर्ने कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीको भनाइ छ ।

‘संघीय सरकारले नै एक प्रदेशबाट अर्काे प्रदेशमा जान नपाउने निर्णय गरेको छ,’ मन्त्री केसीले भनिन्, ‘संकटकालिन अवस्थामा कर्णाली प्रदेशका नाकाहरु पनि बन्द हुन्छन् ।’ कर्णाली भित्रने मुख्य नाकाहरु सुर्खेतको बबई, कुइने र सल्यानको कपुरकोट पूर्ण रुपमा बन्द गरिएको प्रदेश सरकारले जनाएको छ । कोरोनाको त्रास संक्रमण बढ्दै गएको खण्डमा लकडाउन खुले पनि प्रदेशले नाकाहरु बन्द गर्न सक्ने मन्त्री केसी बताउँछिन् ।

‘प्रदेशका नाकाहरु मात्रै होइन, संक्रमण फैलिए अन्तरजिल्ला र गाउँगाउँहरु पूर्ण रुपमा लकडाउन हुक्छन्,’ केसीले थपिन् ‘रोजगारीका लागि भारत गएका केही नागरिक गाउँ फर्किएका छन्, कुनै व्यक्तिमा देखिए टोलटोलहरु बन्द गर्नुपर्छ ।’ छिमेकी प्रदेशको कोरोनाको संक्रमण देखिएपछि कर्णाली प्रदेशले उच्च सतर्कता अपनाएको जनाएको छ ।

प्रकाशित: Apr 06, 2020| 13:45 सोमबार, चैत २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।