बिहीबार, वैशाख २७, २०८१

'कर्मचारी र रोजगारदाता दुवै समझदार हुन आवश्यक छ'

कोरोना भाइरस (कोभिड–१९) का कारण १२ दिनदेखि पूरै देश लकडाउन छ। कलकारखाना, यातायात, शैक्षिक संस्था सबै ठप्प छन् ।
 |  शनिबार, चैत २२, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत २२, २०७६

कोरोना भाइरस (कोभिड–१९) का कारण १२ दिनदेखि पूरै देश लकडाउन छ। कलकारखाना, यातायात, शैक्षिक संस्था सबै ठप्प छन् ।

triton college

ठूला आयोजनाहरु बन्द हुँदा हजारौं मजदुरले काम गर्न पाएका छैनन् । दैनिक मजदुरी गरेर खाने वर्ग समस्यामा परेको छ। कतिपयको रोजगारी गुमेको छ।

लकडाउन लम्बिँदै जाँदा देशको श्रम बजार तथा रोजगारीको क्षेत्रमा नराम्रो असर पर्ने निश्चित छ। नेपाली अर्थतन्त्रमा यो महामारीले कति असर गर्ला, कुन क्षेत्रमा कस्तो प्रभाव पार्ला, यसबारेमा सरकारले अध्ययन गर्ला नै ।

उता, एसियाली विकास बैंकले कोरोना महामारीले नेपाली अर्थतन्त्रमा पार्नसक्ने प्रभावका बारेमा पूर्वानुमान गरेको छ। बैंकले प्रकाशित गरेको एसियन डेभलपमेन्ट आउटलुक रिपोर्टमा नेपाली अर्थतन्त्रमा लकडाउनले पार्ने प्रभावका बारेमा प्रक्षेपण गरिएको छ।

एडिबीले यसको सबैभन्दा धेरै मारमा नेपालको पर्यटन क्षेत्र पर्ने उल्लेख गरेको छ। रेमिट्यान्स, आन्तरिक तथा विदेशी लगानी खुम्चिने, वैदेशिक व्यापार घट्नेछ।

corrent noodles
Metro Mart
शैलेन्द्रराज गिरी

अन्तर्राष्ट्रिय श्रम संगठनले पनि कोरोना महामारीका कारण विश्वव्यापी रुपमै श्रम बजारमा असर गर्ने बताएको छ । कोरोनाले गर्दा श्रम बजार खुम्चिएको, श्रमिकको आम्दानी घटेको र कतिपयले रोजगारी पनि गुमाएको आईएलओले बताएको छ ।

नेपालमा सबैभन्दा मर्कामा निजी क्षेत्रका कर्मचारी परेका छन् । रोजगारदाता पनि मारमा पर्ने नै भए । विशेषगरी साना स्टार्टअप र मझौला कम्पनीलाई गाह्रो भएको छ यो स्थितिमा । यही अवस्था रहिरहने हो भने ठूला औद्योगिक तथा व्यापारिक प्रतिष्ठानमा पनि क्षेत्रमा पनि ठूलै असर पर्ने देखिन्छ ।

यस्तो बेलामा संस्था हाँक्ने व्यक्ति र कर्मचारी दुवै समझदार हुन आवश्यक छ । संस्थालाई पनि ठूलो आर्थिक भार नपरोस् र कर्मचारीको पनि जीविकामा गाह्रो नहोस् । अहिले सरकारलाई पनि जनताले साथ दिएका छन् । कर्मचारीले पनि रोजगारदातालाई साथ दिनुपर्छ ।

लकडाउनपछि नेपालमा काम गराइको नयाँ शैलीको पनि विकास भएको छ– वर्क फ्रम होम । टेलिकम्युट पनि भनिने यो शैली युरोप, अमेरिकामा त नयाँ होइन । तर, हाम्रो लागि नौलो नै हो । कोरोना भाइरसको उद्गम मुलुक चीनमा पनि यही शैलीमा काम भइरहेको छ । उनीहरुका लागि पनि यो नौलो नै हो ।

आईटी, सर्भिस सेक्टर, आर एन्ड डी आदिमा त लकडाउनको समयमा पनि काम भइरहेको छ । यी सेक्टरका लागि त एउटा अवसर पनि हो लकडाउन । हामी पनि त्यसैगरी काम गरिरहेका छौं । मेरोजबडटकमका २ सयभन्दा बढी कर्मचारी घरबाटै काम गरिरहेका छन् । प्रविधिका कारण यो सहज भएको छ ।

यसका पनि आफ्नै फाइदा–बेफाइदा छन् । सेवा दिन हामी तयार भए पनि माग घटिरहेको छ । सेवा लिने घटिरहेका छन् । अरु सबै क्षेत्र धराशायी बन्दा सेवा क्षेत्र मात्रै राम्रो हुने हुँदैन । सेवा क्षेत्रमा पनि पर्यटनको स्थिति नाजुक छ । शिक्षा क्षेत्रमा पनि नराम्रो असर परेको छ । कम असर परेको आईटी क्षेत्रमात्रै हो ।                                                                                                                                                                                                                                          (मेरोजबडटकमका प्रवन्ध निर्देशक गिरीसँगको कुराकानीमा आधारित)

प्रकाशित: Apr 04, 2020| 11:36 शनिबार, चैत २२, २०७६
प्रतिक्रिया दिनुहोस्