शुक्रबार, वैशाख १४, २०८१

छुट्टाछुट्टै घटनामा ५ जनाको मृत्यु

देशका विभिन्न ठाउँमा भएका छुट्टाछुट्टै घटनामा परी ५ जनाले ज्यान गुमाएका छन्।
 |  शुक्रबार, चैत २१, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २१, २०७६

काठमाडौं– देशका विभिन्न ठाउँमा भएका छुट्टाछुट्टै घटनामा परी ५ जनाले ज्यान गुमाएका छन्।

triton college

सवारी दुर्घटना, भीरबाट लडेर तथा चट्याङ लागेर ५ जनाको ज्यान गएको प्रहरीले जनाएको छ। यस्तै २ जनाको शव बेवारिसे अवस्थामा भेटिएको छ।

धनुषाको मिथिला नगरपालिका–६ का प्रदेश २–०२–००२ प १६५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विद्युतको पोलमा ठोक्किँदा चालक धनौजी गाउँपालिका–५ का २६ वर्षीय अजयकुमार मण्डलको मृत्यु भएको छ।

बिहीबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मण्डलको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै, बैतडी र ताप्लेजुङमा भीरबाट लडेर २ महिलाको ज्यान गएको छ। बैतडीको पाटन नगरपालिका–९ सल्लेबासा बस्ने ४० वर्षीया निर्मला महराको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

corrent noodles
Metro Mart

गौलासैन भीरमा खानेपानीको पाइप लाइनमा काम गरिरहेको अवस्थामा लडेर गम्भीर घाइते भएकी महराको डडेलधुरा अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

ताप्लेजुङको मिक्वाखोला मेरिङदेन गाउँपालिका–६, भिलामकी १८ वर्षीया दिकी शेर्पाको मृत्यु भएको छ।

घाँस काट्न गएकी शेर्पा घर फर्किएपछि खोज्ने क्रममा मिक्वाखोला गाउँपालिका–५ बल्देनस्थित भीरबाट लडेर मृत्यु भएको अवस्थामा भेटिएको प्रहरीले जनाएकोे छ।

सिराहको अर्नमा गाउँपालिका–४, लक्ष्मीपुरका २४ वर्षीय मिथिलेश कुमार सिंहको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको छ।
स्थानीय हनुमान मन्दिरमा पानीको मोटरमा पानी पिउन जाँदा करेन्ट लागेर गम्भीर घाइते भएका मिथिलेसको विराट नर्सिङ होम विराटनगरमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

सप्तरी र गोरखामा दुई जना वृद्ध मृत अवस्थामा भेटिएका छन्। सप्तरीको डाक्नेश्वरी नगरपालिका–७, ब्रम्हपुरस्थित गहुँबारीमा परिचय नखुलेका एक वृद्ध मृत अवस्थामा भेटिएकोे प्रहरीले जनाएकोे छ।

यस्तै, गोरखा अजिरकोट गाउँपालिका–४, फुरफुरेस्थित जंगलमा ९० वर्षीय शुकदेव लामिछाने मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। लामिछाने फागुन ३० गतेदेखि बेपत्ता भएको प्रहरीले जनाएकोे छ।

 

प्रकाशित: Apr 03, 2020| 12:53 शुक्रबार, चैत २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।