शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी, यस्ता छन् आरोप

स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी, यस्ता छन् आरोप

विवेकशील नेपाली दलका नेता तथा बाग्मती प्रदेशसभा सदस्य रमेश पौड्यालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध उजुरी दिएका छन्।
 |  बुधबार, चैत १९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १९, २०७६

विवेकशील नेपाली दलका नेता तथा बाग्मती प्रदेशसभा सदस्य रमेश पौड्यालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध उजुरी दिएका छन्। बजार दरभन्दा चोर गुणासम्म महँगो पर्ने गरी मेडिकल सामग्री खरिद गरिएको भन्दै उनले मन्त्रीविरुद्ध उजुरी दिएका हुन्।

triton college

सञ्चारमाध्यम तथा आम नागरिकले पनि प्रश्न उठाइरहँदा पनि स्वास्थ्यमन्त्री र प्रधानमन्त्रीबाट जवाफ दिनु नपर्ने भन्ने अभिव्यक्ति आउँदा थप शङ्का उब्जिएको पौड्यालको भनाइ छ। विश्व स्वास्थ्य सङ्गठनले सिफारिस नगरेका र भर पर्न नसकिने भन्दै विभिन्न मुलुकमा आलोचना भएका र्‍यापिड टेस्टिङ किट सात करोड भन्दा बढीको लागतमा किनेको कुरासमेत आएको भन्दै यस विषयमा छानबिन गर्नुपर्ने पार्टीको माग छ ।

यिनै विषयलाई मुद्दा बनाई स्वास्थ्य मन्त्रीविरुद्ध पौड्यालले अख्तियारको वेबसाइट मार्फत उजुरी दिएका हुन्। साथै, उजुरी दिएलगत्तै अख्तियारका प्रवक्ता प्रदीप कोइरालासँग कुरा गरी उजुरी दर्ता भएको जानकारीसमेत लिएको उनले बताएका छन्।

यस्ता छन् आरोप

- तीन महिनाअघि नै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयारी गरेर खुलाएको टेन्डर रद्द गरेको
- बजार दरभन्दा चार गुणासम्म महँगो पर्ने गरी मेडिकल सामग्री खरिद गरिएको
- खरिद कार्य गर्न आफू निकटका व्यापारीलाई रातारात सेटिङ मिलाएको
- मेडिकल सामाग्री सप्लाईको अनुभव नै नभएको कम्पनीलाई तीन घन्टामै टेन्डर दिलाएको
- वाणिज्य विभागमा दर्ता नै नरहेको कम्पनीको कोटेशन स्वीकृत गरेको
- विश्व स्वास्थ्य सङ्गठनले सिफारिस नगरेका र भर पर्न नसकिने भन्दै विभिन्न मुलुकमा आलोचना भएका र्‍यापिड टेस्टिङ किट सात करोड भन्दा बढीको लागतमा किनेको
- यस अघिका ठुला भ्रष्टाचार काण्डहरू (वाइड बडी घोटाला, ललितानिवास जग्गा प्रकरण, सेक्युरिटी प्रिन्टर खरिदमा ७० करोडको कमिसन बार्गेनिङ, आदि) मा जस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्वतन्त्र छानबिनलाई प्रभावित गर्ने गरी प्रधानमन्त्री खड्ग प्रसाद ओलीले यो काण्डमा पनि स्वास्थ्य मन्त्रीको बचाउमा अभिव्यक्ति दिएको

corrent noodles
Metro Mart

प्रकाशित: Apr 01, 2020| 12:23 बुधबार, चैत १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।