शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ‘सीमामा अलपत्र परेका नेपालीको उद्धारमा सरकार लाचार नबनोस्’

‘सीमामा अलपत्र परेका नेपालीको उद्धारमा सरकार लाचार नबनोस्’

भारतबाट मजदुरी गरी स्वदेश फर्किएका तर लकडाउनका कारण नेपाल–भारत सीमामा अलपत्र परेका नेपालीलाई तत्काल घर पुग्ने वातावरण मिलाउन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाल सरकारसमक्ष माग गरेका छन्।
 |  मंगलबार, चैत १८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १८, २०७६

triton college
corrent noodles
Metro Mart

काठमाडौं – भारतबाट मजदुरी गरी स्वदेश फर्किएका तर लकडाउनका कारण नेपाल–भारत सीमामा अलपत्र परेका नेपालीलाई तत्काल घर पुग्ने वातावरण मिलाउन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाल सरकारसमक्ष माग गरेका छन्।

मंगलबार समाजिक सञ्जालमार्फत थापाले सीमानामा अलपत्र परेका नेपालीलाई सुरक्षितरुपमा घरसम्म पुर्याउने वातावरण सिर्जना गर्ने काममा लाचारी प्रकट नगर्न सरकारलाई आग्रह पनि गरेका छन्। उनले सीमामा आइपुगेका नेपालीलाई स्वास्थ्य परीक्षण गरी तथा सुरक्षित रुपमा क्वारेन्टाइनमा राखी घर पुर्याउन पनि माग गरेका छन्। देशका नागरिकको रक्षा गर्नु सरकारको दायित्व भएको बताउँदै थापाले सरकार कर्तव्यबाट पन्छन नमिल्ने बताएका छन्।

थापाले एक घण्टामा दुई ट्वीट गर्दै सीमा क्षेत्रमा अलपत्र परेका नागरिकको उद्धारमा लाग्न सरकारलाई आग्रह गरेका हुन्। उनले भनेका छन्, ‘बिभिन्न देशले प्लेन चार्टरगरेर आफ्ना नागरिक घर फर्काइरहेका छन्। हामीले पनि चीनबाट ल्यायौं। तर,भारतमा रहेका नेपालीहरु सीमानामा रोकिनु कदापि उपयुक्त होईन। उनीहरुलाई स्वास्थ र सुरक्षाको उचित व्यवस्था गरेर देशभित्र ल्याउन सक्दैन र अनेक बहाना बनाउंछ भने त्यो सरकारको लाचारी र असक्षमता हुनेछ।’

यस्तै पछिल्लो ट्वीटमा उनले भनेका छन्, ‘अहिले जो जहॉ छ,त्यहि बस्नु उत्तम हो। तर,घर फर्कने चाहनामा कुनै नेपाली सीमानासम्म आईपुगेको छ भने सीमामा स्वास्थ्य परीक्षण,अनिवार्य क्वारेन्टाइन व्यवस्था गरि उसलाई घरपुग्ने वातावरण बनाउनु सरकारको कर्तव्य हो। यो कर्तव्यबाट सरकार पन्छन मिल्दैन।आबश्यक भए सुरक्षा अंग परिचालन गर्नुहोस।’

प्रकाशित: Mar 31, 2020| 15:19 मंगलबार, चैत १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।