शनिबार, वैशाख १५, २०८१

'उतिबेला रामायण आउँदा कर्फ्यु, अहिले कर्फ्यु लाग्दा रामायण'

भारतीय सामाजिक सञ्जालमा पुनः प्रसारित धारावाहिक रामायणको खुबै चर्चा भइरहेको छ।
 |  मंगलबार, चैत १८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १८, २०७६

२४ मार्चमा भारतमा २१ दिन देशव्यापी लकडाउन भएपछि विभिन्न परिवर्तन देखा परेका छन्। यस्तै एउटा घटना हो, प्रसिद्ध टेलिफिल्म रामायणको पुनः प्रसारण।

triton college

रामानन्द सागरको चर्चित धारावाहिक २८ मार्चदेखि भारतीय टेलिभिजन च्यानल दूरदर्शनबाट पुनः प्रसारण हुन थालेको हो। यो धारावाहिक दिनमा दुई पटक प्रसारण भइरहेको छ- भारतीय समयअनुसार बिहान ९ बजे र राति ९ बजे।

रा मानन्द सागर निर्देशित यो धारावाहिक १९८० को दशकमा यति लोकप्रिय भारतीय सामाजिक सञ्जालमा पुनः प्रसारित धारावाहिक रामायणको खुबै चर्चा भइरहेको छ। थियो कि टीभी हेर्ने मानिसकाे खचाखच हुन्थ्याे घरघरमा। अहिलेजस्ताेसबैसँग टीभीकाे सहज पहुँच नभएकाले पनि हुन सक्छ। टाेलटाेलबाट मानिस रामायण हेर्न टीभी भएकाे घरमा भेला हुन्थे।

भारतीय सामाजिक सञ्जालमा पुनः प्रसारित धारावाहिक रामायणको खुबै चर्चा भइरहेको छ। कतिपयले सामाजिक सञ्जालमा लेखेका छन्- उतिबेला टीभीमा रामायण आउँदा सडकमा कर्फ्यु लाग्थ्यो। अहिले सडकमा कर्फ्यु लाग्दा टीभीमा धारावाहिक रामायण आउन थालेको छ।

पौराणिक पात्र राम र रावणको कथामा आधारित यो धारावाहिक ७८ भागमा छायांकन गरिएको छ।

corrent noodles
Metro Mart

यी हुन् राम, सीता, लक्ष्मण र हनुमान

रामानन्द सागर निर्देशित रामायणमा अरुण गोभिल, दीपिका चिखलिया, सुनिल लाहरी र दारा सिंहले क्रमशः राम, सीता, लक्ष्मण र हनुमानको भूमिकामा अभिनय गरेका छन्। त्यति बेला भगवान्को भूमिकामा अभिनय गरेका यी कलाकार कहाँ छन् त?

अरुण गोभिलले रामायणमा प्रसिद्धि कमाएपछि अभिनय यात्रालाई निरन्तरता दिइरहे। बलिउडमा सावन को आने दो, ऐसे जिओ उनी अभिनित चर्चित फिल्म हुन्। त्यसपछि उनले धारावाहिक विक्रमादित्य, लवकुश, गौतम बुद्ध आदिमा अभिनय गरे भने तेल्लगु, ओडिया र बंगाली फिल्ममा पनि उनको अभिनय छ।

रामायणमा सीताको अभियन गर्दा चिखलिया २२ वर्षकी थिइन्। त्यसपछि उनी चर्चित टीभी कार्यक्रम प्रस्तोता बनिन्। उनले हिन्दी, तमिल, गुजराती, कन्नड, बंगाली फिल्मका साथै रामानन्द सागरकै लवकुशमा अभियन गरेकी थिइन्।

उनी १९९१ मा भारतीय जनता पार्टीका तर्फबाट लोकसभामा निर्वाचित भएकी थिइन्। २०१८ मा फेरि फिल्म उद्योगमा प्रवेश गरेकी उनले हालै यमी गौतमको मदर इन बालामा अभिनय गरेकी छन्।

धारावाहिक रामायणमा लक्ष्मणको भूमिकामा सफल अभिनय गरेपछि सुनिलको भाग्य नै बदलियो। उनले धारावाहिक लवकुशमा सोही भूमिकामा अभिनय गरे भने केही टेलिफिल्म र फिल्ममा अभिनय गरे।

पछिल्लोपटक उनी कपिल शर्माको कमेडी शोमा देखा परेर चिखलियासँग रामायणमा अभिनय गरेको ३३ औं वर्ष उत्सव मनाएका छन्।

हनुमानको भूमिकामा अभिनय गरेका दारा सिंह चर्चित रेस्लर हुन्। १९५४ मा बलिउडमा डेब्यु गरेका यिनको जीवन रेस्लिङ, अभिनय, चलचित्र निर्देशन, निर्माण र राजनीतिमा बित्यो।

उनी १९९८ मा भारतीय जनता पार्टीमा आबद्ध भए। उनी २००३ देखि २००९ सम्म राज्य सभा सदस्य थिए। उनको अन्तिम फिल्म अलिस् जब वी मेट (२००७) हो। सन् २०१२ मा उनको निधन भयो।

प्रकाशित: Mar 31, 2020| 11:15 मंगलबार, चैत १८, २०७६
प्रतिक्रिया दिनुहोस्