शुक्रबार, वैशाख १४, २०८१

कोरोनाका कारण घरमै मनाइयो छठ

सूर्य उपासनाको पर्व पोखरी, तलावलगायतका जलाशयमा मनाइन्छ ।
 |  सोमबार, चैत १७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १७, २०७६

जनकपुरधाम– सूर्य उपासनाको पर्व पोखरी, तलावलगायतका जलाशयमा मनाइन्छ । मिथिलाञ्चल क्षेत्रमा कार्तिक र चैत महिना गरी वर्षमा दुईपटक छठ मनाइने गरिन्छ । सोमबार जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चलमा चैते छठअन्तर्गत सन्ध्याकालीन अर्घ दिइएको छ ।

triton college

तर, यसपटक अर्घ दिन ब्रतालुहरु पोखरी तथा जलाशयमा पुग्न पाएनन् । उनीहरुले छठ पर्व घरमै मनाएका छन् । घरमै छठ मनाइएको सम्भवतः यो पहिलो पटक रहेको बुढापाकाहरु बताउँछन् ।

यसअघिका वर्षहरुमा चैते छठमा भरिभराउ रहने जनकपुरका गंगा सागर, धनुष सागर, अंगराजसर लगायतका जलाशयहरु यसपटक सुनसान छ । चैते छठको लागि दुई–चार दिनअघिनै सरसाजवटलगायतका तयारी थालिएपनि यसपटक कुनै तयारी गरिएको छैन ।

विश्वभर फैलिएको कोरोना संक्रमण रोकथाम गर्ने उद्देश्यले ‘लकडाउन’ भएपछि ब्रतालुहरुले आ–आफ्नो घरमै छठ पर्व मनाएका छन् ।ब्रतालुहरुले आँगनभित्रै घेरा हालेर पानी जम्मा गरी जलाशयको आकार दिएर अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका छन् । मंगलबार बिहान ब्रतालुहरुले उदाउँदो सूर्यलाई अर्घ दिएपछि यस वर्षको चैते छठ सकिने छ ।

कोरोना संक्रमणको सम्भावनालाई हेर्दै स्थानीय प्रशासनले समेत सार्वजनिक स्थानमा छठ पर्व नमनाउन ब्रतालुहरुलाई आग्रह गरेको थियो ।जनकपुरभित्र ब्रतालुहरुले घरभित्रै छठ मनाएपनि छेउछाउको ग्रामीण भेगहरुमा भने सार्वजनिक स्थानमा छठ नमनाउन स्थानीय प्रशासनले दिएको निर्देशनविपरित ब्रतालुहरुले पोखरीसम्म पुगेर छठ मनाएका छन् ।

corrent noodles
Metro Mart

कार्तिक महिनामा छठ गर्नेहरुको संख्या धेरै रहेपनि चैते छठ मनाउने कम हुन्छ।

 

प्रकाशित: Mar 30, 2020| 19:05 सोमबार, चैत १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।