शनिबार, वैशाख २९, २०८१

सामाजिक दूरी कायम गर्न मुख्यमन्त्री राउतको अपिल

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना संक्रमण फैलिन नदिन सामाजिक दूरी कायम गर्न प्रदेशवासीलाई आग्रह गरेका छन् ।
 |  आइतबार, चैत १६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत १६, २०७६

जनकपुरधाम– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना संक्रमण फैलिन नदिन सामाजिक दूरी कायम गर्न प्रदेशवासीलाई आग्रह गरेका छन् । सामाजिक दूरीबाटै कोरोना संक्रमण रोकिन सकिने भन्दै यसलाई अक्षरस पालन गर्न राउतले अपिल गरेका छन् ।

triton college

‘कोरोना अहिले महामारीको रुपमा फैलिएको सर्वविदितै छ,’ आइतबार प्रदेशवासीलाई सम्बोधन गर्दै राउतले भने, ‘यसबाट जोगिन ‘सोसियल डिस्टान्सिङ’ कायम राख्नु पर्दछ ।’ अहिलेको संकटको घडीमा संघीय सरकारले घोषणा गरेको ‘लकडाउन’ सफल बनाउनसमेत राउतले आग्रह गरेका छन् ।

कोरोनाले सिर्जना गरेको संकटको घडीमा प्रदेश सरकार हरेक प्रदेशवासीको साथ रहेको राउतले बताए । ‘यो संकटको घडीमा मुक्ति दिलाउन प्रदेश सरकार तपाईंहरुको साथमा छ, तपाईंहरुसँग प्रदेश सरकार खडा छ,’ राउतले भने,‘प्रदेश सरकारले आफ्नो स्तरबाट विभिन्न ठाउँमा क्वारेन्टाइन, आइसोलेसन वार्डहरु स्थापना गरिसकेको छ ।’

कोरोना परीक्षणको लागि प्रदेश सरकार अस्पतालहरुमा साधनस्रोत जुटाउन लागि परेको बताउँदै राउतले यस संकटको घडीमा हरेक प्रकारको सहयोग गर्न प्रदेश सरकार तत्पर रहेको उल्लेख गरेका छन् ।

उनले कोरोना संकटको अन्त्य गर्न प्रदेशवासीको तर्फबाट सरकारले सहयोगको अपेक्षा राखेको बताए । सामाजिक दूरी कायम गरेर कोरोनाको संकट अन्त्य हुने भन्दै राउतले यसमा सहयोग गर्न प्रदेशवासीसँग आग्रह गरेका छन् ।

corrent noodles
Metro Mart

प्रकाशित: Mar 29, 2020| 16:18 आइतबार, चैत १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।