शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमित धनगढीका युवाको स्वास्थ्य अवस्था सामान्य

कोरोना संक्रमित धनगढीका युवाको स्वास्थ्य अवस्था सामान्य

कोरोना भाइरस संक्रमण देखिएका धनगढीका युवाको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
 |  शनिबार, चैत १५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत १५, २०७६

धनगढी – कोरोना भाइरस संक्रमण देखिएका धनगढीका युवाको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत ३४ वर्षीय संक्रमित युवाको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी दक्षकुमार बस्नेतले अस्पताल श्रोतलाई उल्लेख गर्दै जानकारी दिए।

triton college

बस्नेतका अनुसार ती युवक कोरोना संक्रमणको कुनै पनि लक्षण देखिएर अस्पताल गएका हैनन्। विदेशबाट आएकाले १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्छ भनेपछि उनी अस्पताल पुगेका थिए। क्वारेन्टाइन बसेकै बेला स्वाब परीक्षणका क्रममा संक्रमण भेटिएको हो। बस्नेतले संक्रमित युवकका परिवारका सदस्यलाई संक्रमणको हालसम्म कुनै लक्षण नदेखिएको बताए।

चिकित्सकको टोली घरमै पुगेर सपरिवारको स्वाब ल्याउने तयारी गरिरहेको बस्नेतले जानकारी दिए। उनीहरुलाई घरमै सेल्फ क्वारेन्टाइनमा राख्ने कि अस्पताल ल्याउने भन्ने विषयमा चिकित्सकको सल्लाहअनुसार गरिने बस्नेतले बताए।

धनगढी उप–महानगरपालिका–५ का ती युवक दुबईबाट भारतको राजधानी दिल्लीहुँदै काठमाडौं पुगेको थिए। चैत ८ गते काठमाडौंबाट बुद्ध एयरको विमानमा नेपालगञ्ज पुगेका उनी कोहलपुरसम्म अटो रिक्सामा आएको र त्यहाँबाट बस चढेर धनगढी पुगेको खुलेको छ।

त्यस अवधिमा उनको सम्पर्क धेरै व्यक्तिसंग भएको देखिन्छ। प्रहरीले उनीसँग सम्पर्कमा आएका सबैको खोजिकार्य जारी राखेको जनाएको छ। उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए। उनलाई अस्पताल ल्याउने व्यक्ति भने अझै सम्पर्कमा नआएको प्रहरीले जनाएको छ। यस्तै संक्रमित युवाले कैलालीमा मास्क वितरण गरेको भन्ने हल्ला मात्र रहेको पारिवारिक स्रोतले जनाएको छ।

प्रकाशित: Mar 28, 2020| 05:02 शनिबार, चैत १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।