बुधबार, वैशाख २६, २०८१
  • गृहपृष्ठ
  • भिडियो
  • प्रतिपक्षमा पुगेपछि फेरियो एमालेको बोली, भन्छ- एमसीसी मुलुकको हितमा छैन, कांग्रेस कार्यालयमा मुस्लिम संघको धर्ना [२०७८-५-२३]

प्रतिपक्षमा पुगेपछि फेरियो एमालेको बोली, भन्छ- एमसीसी मुलुकको हितमा छैन, कांग्रेस कार्यालयमा मुस्लिम संघको धर्ना [२०७८-५-२३]

नेकपा एमालेका सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले आफूहरुलाई नेकपा एकीकृत समाजवादीको सांसद कायम गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका छन्।
 |  बुधबार, भदौ २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २३, २०७८

काठमाडौं- प्रमुख विपक्षी नेकपा एमालेले सभामुखमाथि प्रश्न उठाउँदै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ। आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई समयमै पदमुक्त नगरेर दल विभाजनमा सहयोगी भूमिका खेलेको एमालेको आरोप छ।

triton college

प्रतिनिधिसभाको अधिवेशनको पहिलो दिनको बैठक सुरु हुनासाथ एमाले सांसदहरुले उठेर विरोध गरेका थिए। एमालेले आफूहरुले कारबाही गरेका सांसद्लाई पदमुक्त नगरेर प्रतिसोध साधेको भन्दै आक्रोश समेत पोखेको छ। 

बैठकमा बोल्दै नेकपा(एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले एमालेले १४ जना सांसदलाई कारबाही गरेको पत्र संसद सचिवालयमा पठाउँदा सभामुखले कारबाही गरेको सूचना सभामुखले नटास्नुको कारण माग गरे। उनले संविधान, नियम, नीति, विधि उल्लंघन गरेर नेकपा एमालेलाई विभाजन गरिएको भन्दै सभामुखबाट जवाफ नपाउञ्जेल संसद अघि बढ्न नदिने नेकपा(एमाले)को निर्णय भएको समेत जानकारी गराए। 

एमालेका प्रमुख सचेतक भट्टराई बोले लगत्तै सभामुख अग्निप्रसाद सापकोटाले जवाफ दिदैँ आफुले प्रचलित कानूनको प्रावधानको आधारमा निर्णय लिएको बताए। उनले सम्मानीत सवोच्च अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै संसदमा छलफल गर्न नमिल्ने पनि बताए।

सभामुख सापकोटाले जवाफ दिदैँ गर्दा एमालेका सांसद्हरुले उठेर नाराबाजी गर्न सुरु गरेका थिए। उनीहरुले वेलमा घेरेर संसदको संर्वोच्चता कायम गर, संविधान विरोधी काम गर्न पाइदैन, विधिको शासन कायम गर लगायतका नाराबाजी गरेका थिए। त्यसक्रममा सभामुख सापकोटा एमाले सांसद्हरुसँग जंगिएका थिए। 

corrent noodles
Metro Mart

आफूले कारबाही गरेका १४ सांसदलाई सभामुखले मान्यता नदिएको भन्दै नेकपा एमालेले नाराबाजी सुरु गरेपछि सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावलीको व्यवस्था हेर्नू भन्दै एमाले सांसदसँग जंगिएका हुन्। आजै दोस्रो पटक बसेको बैठक पनि एमालेका कारण अवरुद्ध भएको छ।  

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रियसभाको बैठक पनि अवरुद्ध गरेको छ। बैठक सुरु हुनासाथ राष्ट्रियसभामा एमालेका सांसदहरुले उठेर बैठक अवरुद्ध पारेका थिए। त्यसपछि सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमालेका सचेतक खिमलाल भट्टराईलाई बोल्न समय दिएका थिए।

त्यसक्रममा बोल्दै सचेतक भट्टराईले प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले आफ्नो दल फुटाउने, आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदहरुको सूचना समेत टाँस नगरेर राजनीतिक दलका सामान्य कार्यकर्ताको रुपमा प्रस्तुत भएको उल्लेख गर्दै त्यसको विरोधमा राष्ट्रिय सभा चल्न दिन नसकिने चेतावनी दिए। 

सचेतक भट्टर्राइले बोलिसक्ने वित्तिकै एमाले संसदहरुले उठेर संसद बैठक अवरुद्ध गरेका थिए। यता, राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले भने राष्ट्रिय सभाको गरिमालाई कायमै राखेर अघि बढनुपर्ने भन्दै एमाले सांसदहरुलाई बैठक सूचारु गराउन सहयोग गरिदिन पटकपटक आग्रह गरे। तर एमाले सांसदहरुले नमानेपछि उनले बैठक स्थगित गरेका थिए। 

एमसीसी मुलुकको हितमा छैन : एमाले

सत्तामा हुँदा संसदबाट पारित गराउन लागि परेको नेकपा एमालेले प्रतिपक्षीको बेञ्चमा बसेसँगै एमसिसी मुलुकको हितमा नरहेको निष्कर्ष निकालेको छ। बुधबार बसेको एमाले संसदीय दलको बैठकले एमसिसी मुलुकको हितमा नरहेको निष्कर्ष निकालेको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताए। बैठकले एमसिसीसँगै सभामुखको भूमिका एमालेविरोधी माओवादी पार्टी कार्यकर्ता जस्तो भएको, निर्वाचन आयोग एमाले टुक्रयाउन उद्धत रहेको, जयसिंह धामीको घटनामा सरकारी व्यवहार भारतसामु लम्पसारवादी देखिएको निष्कर्ष निकालेको उनले बताए। एमालेविरुद्ध भएका पछिल्ला गतिविधिमा मूकदर्शक भएर नबस्नेसमेत उनले बताए। 

यस्तै, बैठकमा अध्यक्ष केपी शर्मा ओलीले एमसिसी पास गर्ने जिम्मा आफूहरूको नभएकाले अहिले धारणा बनाउन हतार गर्नु नपर्ने बताए। आफूहरुले सम्झौता नगरेको भन्दै उनले संसदमा पेश भएपछि मात्रै निर्णय लिने उनको भनाइ  छ। बैठकका सांसदहरुले एमसिसीबारे पार्टीको धारणा मागेका थिए। भने, अधिकांशले एमसिसी नेपालको हितमा नभएको बताएका थिए।

एमसीसीएकै अर्को एक प्रसंगमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे नकारात्मक टिकाटिप्पणी नगर्न भन्दै गृह मन्त्रालयले जारी गरेको वक्तव्यविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। अधिवक्ता प्रवेश केसीले दायर गरेको रिटमा गृहको वक्तव्य संविधानले दिएको विचार र अभिव्यक्तिको स्वतन्त्रताको अधिकार विपरीत भएको दाबी गरिएको छ। 

विकास आयोजना उपर गुण र दोषका आधारमा सचेततापूर्वक विचार निर्माण गर्ने नागरिकको नैसर्गिक अधिकार यस्तो अधिकार खोस्दै सरकारले कडा कारबाही गर्ने धम्की दिनु गैरकानुनी भएको रिटमा दाबी गरिएको छ। 

रिटमा गृह मन्त्रालयको सूचना बदर गरी त्यो निर्णयका आधामा हुन सक्ने कडा कारबाही नगर्नु नगराउनु भनेर परमादेश दिन समेत माग गरिएको छ। रिटको पेशी २७ भदौका लागि तोकिएको छ।

अध्यादेश पारित गर्न माओवादी केन्द्रको जोड

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले बजेट लगायत अध्यादेशहरु पारित गर्नुपर्नेमा जोड दिएको छ। नेकपा (माओवादी केन्द्र)को सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधवार बसेको संसदीय दलको बैठकले सत्तापक्ष र प्रतिपक्षको सहमतीमा संसदलाई निर्वाध रुपमा चल्न दिदैँ बजेट लगायत अध्यादेशहरु पास गराउन पहल गर्ने निर्णय गरेको हो। तोकिएको समयअवधिभित्र अध्यादेशहरु पारित गर्नुपर्नेमा माओवादीको जोड रहेको प्रमुख सचेतक देव गुरुङले बताए। 

यस अधिवेशनमा अधिकतम रुपमा विधेयकहरु पास गर्न पहल गर्ने निर्णय समेत माओवादी केन्द्रले गरेको छ।  प्रमुख सचेतक गुरुङले एमालेलाई सहमतीसाथ अगाडी बढ्न आफूहरुले आग्रह गर्ने पनि बताए। गठबन्धनभित्रै सहमती नजुटेको भन्दै उनले यथास्थितिमा एमसीसी पारित हुन नसक्ने पनि जानकारी दिए। एमसीसी राष्ट्रिय सहमती गर्नुपर्ने मुद्दा भएकाले एमसीसी सम्बन्धी प्रस्ताव संसदमा अगाडी नबढ्ने उनको भनाइ छ। 

'एकीकृत समाजवादीमा जान पाऔँ' भन्दै रिट

नेकपा एमालेका सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले आफूहरुलाई नेकपा एकीकृत समाजवादीको सांसद कायम गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका छन्। बुधबार प्रतिनिधिसभा सदस्य पाण्डे र राष्ट्रियसभा सदस्य भट्टले सर्वोच्च अदालतमा दिएको रिटमा आफूहरुले समयमा नै एकीकृत समाजवादी रोजे पनि निर्वाचन आयोगले सनाखत नगरिदिएको भन्दै एकीकृत समाजवादी दल कायम गर्न अन्तरिम आदेश माग गरेका छन्।

उनीहरुले हालसम्मको अभिलेखमा आफूहरु एमाले सांसद रहेको भन्दै मुद्दाको अन्तिम किनारा नलाग्दासम्म आफूहरुमाथि एमालेले गर्न सक्ने कारबाही रोक्न पनि अन्तरिम आदेश माग गरेका छन्। निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी रोजेका केन्द्रीय सदस्य र सांसदलाई सनाखत गर्न बोलाउँदा पाण्डे र भट्ट पनि आयोग कार्यालय पुगेका थिए। तर पहिले दिएको निवेदनमा नाम नरहेको भन्दै आयोगले उनीहरुको नाममा सनाखत गर्न अस्वीकार गरेको थियो।

कांग्रेस कार्यालयमा मुस्लिम संघको धर्ना

नेपाली काँग्रेसमा आवद्ध नेपाल मुस्लिम संघले पार्टीको आगामी महाधिवेशनमा आफ्ना समूदायको प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै पार्टी केन्द्रिय कार्यालय सानेपामा धर्ना दिन सुरु गरेको छ। 

संघका सभापति अब्दुल सत्तार नेतृत्वको टोलीले आगामी महाधिवेशनमा आफ्नो समूदायको प्रतिनिधि सुनिश्चित गर्न पार्टी नेतृत्वलाई दवाव दिँदै केन्द्रिय कार्यालयमा धर्ना दिन सुरु गरेको हो। प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट आफूहरुलाई प्रतिनिधित्व सुनिश्चित हुने गरी निर्वाचन निर्देशिका सच्याउन पार्टी नेतृत्वलाई दवाव दिन आफूहरुले धर्नालगायतका दवाव आन्दोलनको कार्यक्रम सुरु गर्नु परेको संघका सभापति सत्तारले बताए। आफूहरुको माग सम्बोधन नभएसम्म धर्ना कार्यक्रमलाई निरन्तरता दिने उनको चेतावनी छ।

मुस्लिम संघले पार्टीको सबै निकायमा सबै समूदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गराउने पार्टीको विधान अनुसार महाविधेशन प्रतिनिधि चयन हुने गरी निर्वाचन निर्देशिक सच्याउन माग गर्दै पार्टी सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र पनि बुझाएको छ। नेपाली काँग्रेसको १४ औं महाधिवेशन आगामी मंसीर ९–१३ सम्म काठमाडौं हुने कार्यक्रम तय गरिएको छ। 

संखुवासभा हत्या घटना : त्रासमा स्थानीय 

६ जनाको विभत्स हत्या भएको तीन दिन बित्दासम्म दोषी पहिचान हुन नसक्दा संखुवासभाको मादी नगरपालिका–१ का बासिन्दा त्रसित भएका छन्। जिल्लाको मादी–१ खोलागाउँमा आइतबार राति एकै परिवारका ६ जनाको विभत्स हत्या भएको थियो। अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन। 

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टम गरेर शव परिवारलाई जिम्मा लगाइएको हो। हत्या गरिएका ६ जनाको भने बुधबार साँझ इटहरीको बुढीगंगास्थित मुक्तिघाटमा दाहसंस्कार गरिएको छ।

आइतबार राति कार्की परिवारका ६ जनाको हत्या भएको थियो। परिवारका ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय तेज बहादुर कार्की, ५२ वर्षीया कमला कार्की, ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षीय दिपेन कार्की र ७ वर्षीया गोमा कार्कीको हत्या भएको हो। घरमै भएका ९० वर्षीय बृद्ध भने जोगिएका छन्।

यसैबीच, घटनाको अनुसन्धान गर्न प्रदेश नम्बर १ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) अरुणकुमार बिसी नेतृत्वको टोली पनि घटनास्थल पुगेको छ। यसअघि संघीय प्रहरी इकाई, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालयको टोली घटनाको अनुसन्धानमा खटिएको छ। प्रहरीले अनुसन्धानका लागि दुई वटा कुकुर पनि घटनास्थलमा पुर्‍याएको छ। तर बुधबार दिउँसोसम्म घटनामा संलग्नको बारेमा केही खुलिसकेको छैन। 

१६४० संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ९ हजार ७६७ पीसीआर परीक्षण गर्दा १ हजार ३४७  जना र ३ हजार ६८८ एन्टिजेन परीक्षण गर्दा २९३ गरी १ हजार ६४०  जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ भने २ हजार १६१  जना निको भएका छन्।

बुधबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ७३ हजार ५२९ पुगेको छ। तीमध्ये १० हजार ८८९ जनाको मृत्यु भएको छ भने ७ लाख ३३ हजार १६१ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४७९ रहेको छ। 

अब अन्तर्राष्ट्रिय समाचार 

मेक्सिकोको हिदाल्गो राज्यस्थित अस्पतलामा बाढी पस्दा कम्तीमा १७ बिरामीको ज्यान गएको छ। भीषण वर्षाका कारण आएको बाढी अस्पतालमा पस्दा बिरामीको ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।तुला शहरमा रहेको अस्पतालमा नदीका बाँध फुटेर बाढी पसेको तथा त्यसका कारण विद्युत आपूर्ति बन्द भएको हो। 

अस्पतालमा उपचार गरिरहेका मध्ये केही कोभिड–१९ का बिरामी थिए, जसको अक्सिजनको सहायतामा उपचार भइरहेको थियो। उद्धारकर्मीले अस्पतालबाट झण्डै ४० बिरामीको उद्धार गरेका छन्। यसैबीच राज्यका गभर्नरले प्रयोग गर्दै आएको डुंगा नदीमा डुबेको छ। गभर्नर ओमर फायदले ट्वीट गरेर आफू सकुशल सुरक्षित रहेको बताएका छन्। 

भिडियोमा हेर्नुहोस्

प्रकाशित: Sep 08, 2021| 21:49 बुधबार, भदौ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...
भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।
गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।
भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।