शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • आजदेखि देशैभर बन्दाबन्दी, इटालीको अवस्थामा केही सुधार

आजदेखि देशैभर बन्दाबन्दी, इटालीको अवस्थामा केही सुधार

नेपालमा दोस्रो व्यक्तिमा कोरोना भाइरसको संक्रमण पाइएपछि सरकारले देशभर बन्दाबन्दी (लकडाउन) को आदेश दिएको छ।
 |  मंगलबार, चैत ११, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ११, २०७६

काठमाडौं-  नेपालमा दोस्रो व्यक्तिमा कोरोना भाइरसको संक्रमण पाइएपछि सरकारले देशभर बन्दाबन्दी (लकडाउन) को आदेश दिएको छ।

triton college

संक्रमित दुई  नेपालीमध्ये एकजना चीनबाट आएका थिए, उनी केही साता अघि नै ठिक भएर घर फर्किसकेका छन् भने अर्की फ्रान्सबाट आएकी किशोरी अस्पतालमा उपचाररत छन्।

लकडाउनका बेला अनुमति प्राप्त बाहेकका सवारी साधन चलाउन पाइँदैन, सरकारले अत्यावश्यक कामबाहेक नागरिकहरुलाई घरबाट बाहिर ननिस्कन भनेको छ।  अत्यावश्यक बाहेकका सबै कार्यालय, उद्योग, प्रतिष्ठान बन्द गरिएका छन्। यो लकडाउन एक साताका लागि हुनेछ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसको संक्रमण विश्वका १८६ देशमा पुगेको छ।

यसबाट तीन लाख तीस हजारभन्दा धेरै मानिस संक्रमित भएका छन्, जसमध्ये निको भइसककाको संख्या करिब ९८ हजार छ। कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १४ हजार ६०० नाघेको छ।

corrent noodles
Metro Mart

भारतमा कोभिड– १९ बाट संक्रमितको संख्या ४६८ छ, जसमध्ये ९ जनाको मृत्यु भएको छ। भारतले १९ राज्य र केन्द्र शासित प्रदेशमा लकडाउनको आदेश दिएको छ। पञ्जाब राज्यमा कर्फ्यू लगाइएको छ।

नेपालले लकडाउन गरेलगत्तै भारतले आफ्ना सम्पूर्ण सीमा नाका बन्द गरेको छ।

भारतमा अहिलेसम्म २२ राज्यका ७५ जिल्लामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमध्ये महाराष्ट्र, कर्नाटक, केरल, दिल्ली–एनसीआर उत्तर प्रदेश अधिक प्रभावित छन्।

संक्रमितको संख्या सबैभन्दा धेरै चीन त्यसपछि क्रमशः इटली, अमेरिका, स्पेन, जर्मनी, ईरान, फ्रान्स र दक्षिण कोरियामा छ।

इटलीमा मृतकको संख्या घटदै

समाचार एजेन्सी रोयटर्सका अनुसार इटलीमा सोमबार कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६०२ छ। योसँगै इटलीमा संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ७८ पुगेको छ। यद्यपि, इटलीमा लगातार दोस्रो दिन मृत्यु हुनेको संख्यामा कमी आएको छ।

इटली कोरोना भाइरसको चपेटामा परेपछि शनिबार सबैभन्दा धेरै ७९३ को मृत्यु भएको थियो। आइतबार यो संख्या ६५१ थियो भने सोमबार ६०२ । त्यहाँ नयाँ संक्रमितको संख्यामा पनि कमी आउँदै गरेको बीबीसीले उल्लेख गरेको छ।

अमेरिकामा कोरोना भाइरसबाट करिब ३५ हजार व्यक्ति संक्रमित भएका छन्, जसमध्ये ४९५ को मृत्यु भएको छ। संसारभर कोरोना संक्रमणबाट १५ हजार ४०० को मृत्यु भइसकेको छ।

दुईजना भन्दा बढी सँगै हुन नपाइने

बेलायतले सार्वजनिक स्थलमा दुई भन्दा बढी व्यक्ति सँगै हुन प्रतिवन्ध लगाएको छ। मानिसहरुलाई घरमै बस्न भनिएको छ।

अत्यावश्यक सामानको किनमेल, स्वास्थ्य उपचार र अनिवार्य कामका लागि बाहिर निस्कन छुट दिइएको छ। बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३५ पुगेको छ।

प्रकाशित: Mar 24, 2020| 02:25 मंगलबार, चैत ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।