शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • मंगलबारदेखि एक साता लकडाउन, घरबाहिर निस्किन नपाइने (आठ बुँदे निर्णयको सूचीसहित)

मंगलबारदेखि एक साता लकडाउन, घरबाहिर निस्किन नपाइने (आठ बुँदे निर्णयको सूचीसहित)

सरकारले भोलि (मंगलबार) देखि सर्वसाधारलाई घरबाहिर निस्किन पूर्ण रुपमा रोक लगाएको छ ।
 |  सोमबार, चैत १०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १०, २०७६

काठमाडौं- सरकारले भोलि (मंगलबार) देखि सर्वसाधारणलाई घरबाहिर निस्किन पूर्ण रुपमा रोक लगाएको छ ।

triton college

कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न नागरिकलाई सरकारले घरबाहिर ननिस्कन आग्रह गर्दै लकडाउन गर्ने निर्णय गरेको हो ।

सोमबार बसेको कोरोनासम्बन्धी उच्चस्तरीय समितिको बैठकले कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि यस्तो निर्णय गरेको हो ।

सोमबार नेपालमा कोरोनाको नयाँ संक्रमण देखिएपछि संक्रमण फैलिने जोखिम बढेको सरकारकाे ठहर छ।

फ्रान्सबाट आएकी एक नेपाली विद्यार्थीलाई साेमबार कोरोना संक्रमण पुष्टि भएको हो।

corrent noodles
Metro Mart

यसअघि नै सरकारले नेपालमा लामो दूरीका सवारी साधन बन्द गरिसकेको छ भने भारतसँगका सीमा नाका पनि आज बिहान १० बजेदेखि बन्द गरिएको छ।

त्यस्तै विदेशबाट यात्रु लिएर नेपाल आउने अन्तर्राष्ट्रिय विमानहरु पनि बन्द गरिएको छ।

उच्चस्तरीय समितिको निर्णयसँगै अब अत्यावश्यक सेवा बाहेक कुनै पनि कामका लागि घर बाहिर निस्किन पाइनेछैन।

सामान्य कारणबाट घर बाहिर निस्किँदा प्रहरीले कारवाही गर्न सक्नेछ।

यस्ता छन् उच्चस्तरीय समितिले गरेका निर्णयहरु

१. औषधि उपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने।

२. अनुपति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने।

३. सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानहरु बाहेक अन्य सबै आन्तरिक व्यावसायिक उडानहरु बन्द गर्ने।

४. स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अति आवश्यक सेवाबाहेक अन्य कार्यालय सञ्चालनको लागि आवश्यक पर्ने कर्मचारीहरु मात्र उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखले विदा दिने।

५. औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगहरु बाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कलकारखानाहरुमा काम गर्ने श्रमिक, कर्मचारीहरुलाई सम्बन्धित उद्योगले विदा दिने व्यवस्था मिलाउने।

६. व्यवसायीहरुले औषधि र औषधिजन्य सामग्रीहरुको नियमित आपूर्तिको व्यवस्था गर्ने। अभाव देखाई मूल्य बृद्धि गर्ने वा कालोबजारी, जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानून बमोजिम नियन्त्रणमा लिने, सामाग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गर्ने।

७ संक्रमण रोग ऐन, २०२० को दफा २ को उपदफा (२) बमोजिम जारी यस आदेशको कार्यान्वयन गर्नका लागि आवश्यक व्यवस्था मिलाउन नेपाल राज्यका सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने र सोको लागि स्थानीय प्रशासन ऐन, २०२८ को समेत आवश्यकता अनुसार प्रयोग गर्ने।

८. संक्रमण रोग ऐन २०२० अन्तर्गत जारी आदेशको अवहेलना गर्ने वा काममा वाधा पुर्याउने व्यक्तिलाई सोही ऐन बमोजिम सजाय हुने।

प्रकाशित: Mar 23, 2020| 14:02 सोमबार, चैत १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।