शुक्रबार, वैशाख १४, २०८१

कोरोना रोक्न चिनियाँ मोडलमा 'सहर लकडाउन'को तयारी

सरकारले कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न चिनियाँ मोडलको तयारी थालेको छ । वुहानमा संक्रमण सुरु भएपछि चीनले सहर नै लकडाउन गरेको थियो ।
 |  सोमबार, चैत १०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १०, २०७६

काठमाडौं– सरकारले चीन र भारतसँग जोडिएका सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको विषयलाई सोमबारका राष्ट्रिय दैनिक अखबारहरुले मुख्य समाचार बनाएका छन् ।

triton college

आइतबारको मन्त्रिपरिषद्को बैठकले एक साताका लागि सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार नाकाबाट ढुवानीलगायत सामान आयात भने निरन्तर रहनेछ ।

भारतबाट हुलका हुल नेपाली घर फर्किन थालेपछि कोरोना भाइरसको जोखिम बढेको भन्दै सरकारको आलोचना भएको थियो। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा झन्डै चार घण्टा बसेको मन्त्रिपरिषद् बैठकले नाका बन्दको निर्णय गरेको हो ।

नाका भएका जिल्लालाई गृह मन्त्रालयले परिपत्रसमेत गरेको छ। विश्व स्वास्थ्य संगठनले नेपाल–भारत सीमा नाका बन्द गराउन नेपाललाई सुझाव दिँदै आएको थियो ।

यसैविषयलाई मुख्य समाचार बनाउँदै आजको अन्नपूर्ण पोस्ट्ले सबै सीमा नाका ठप्प शीर्षकमा मुख्य समाचार छापेको छ ।

corrent noodles
Metro Mart

यस्तै उसले सरकारले काठमाडौं उपत्यकामा ६ हजार क्षमताको सार्वजनिक क्वारेन्टाइनस्थल निर्माण गर्ने तयारी गरेको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ ।

नागरिक दैनिकले पनि सीमामा ओहोरदाहोर बन्द, ढुवानी नरोकिने शीर्षकमा मुख्य समाचार छापेको छ भने आजको कान्तिपुर दैनिकले पनि सबै सीमा नाका एक साता बन्द शीर्षकमा मुख्य समाचार छापेको छ ।

सरकारले पुरै सहर लकडाउन गर्ने तयारी गरेको विषयलाई पनि कान्तिपुरले प्राथमिकताका साथ छापेको छ । सरकारले चिनियाँ मोडल अपनाउने तयारी गरिरहेको समाचारमा उल्लेख छ । वुहानमा संक्रमण सुरु भएपछि चीनले सहर नै लकडाउन गरेको थियो । सरकार पनि यहि तयारीमा छ ।

कान्तिपुरले समाचारमा लेखेको छ– सरकारले कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न चिनियाँ मोडलको तयारी थालेको छ । संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आइतबार त्यसका लागि चीन सरकारसँग सहकार्य भइरहेको जानकारी दिए ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा विश्वमा अहिले दुई मोडल अपनाइएका छन् । पहिलो चिनियाँ मोडल जुन ‘लकडाउन’ गर्ने विधि हो । वुहानमा संक्रमण सुरु भएपछि चीनले सहर नै लकडाउन गरेको थियो ।

दोस्रो मोडल लकडाउन नगरी प्रविधिको प्रयोग गरेर रोकथाम गर्ने हो, जुन दक्षिण कोरिया, सिंगापुर, ताइवानलगायतले सफल रूपमा अपनाइरहेका छन् ।

चीनबारे जानकार तथा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उपकार्यकारी निर्देशक रूपक सापकोटाका अनुसार वुहानमा संक्रमण देखापरेपछि चीनले सबैलाई नै कर्फ्यु जस्तै अवस्था बनाएर खानेपानी, खानेकुरालगायत आवश्यक सामग्री उपलब्ध गराएको थियो ।

चीनको यो मोडललाई सुरुमा पश्चिमाहरूले मानव अधिकार हनन तथा अमानवीय व्यवहार भनी प्रतिक्रिया दिए । तर यतिखेर सबैजसो मुलुकले यही मोडल कार्यान्वयन गर्न लागिराखेका छन् । चिनियाँ मोडल एकद्वार प्रणालीअनुसार हुने भएकाले संक्रमण रोकथाम र नियन्त्रणमा अलि बढी प्रभावकारी हुने समाचारमा उल्लेख छ ।

चिनियाँ मोडललाई पछ्याउन नेपाल र चीन सरकारको चिकित्सक टोलीबीच दुई दिनअघि भिडियो कन्फरेन्स पनि भएको थियो । कन्फरेन्समा चिनियाँ चिकित्सक टोलीले चीनमा कोभिड–१९ रोकथाम र नियन्त्रणमा आफूहरूले हासिल गरेको सफलताबारे जानकारी दिएका थिए ।

प्रकाशित: Mar 23, 2020| 01:22 सोमबार, चैत १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।