शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • माछापुच्छ्रे बैंक र महानगरीय प्रहरी कार्यालयको संयुक्त पहलमा हात धुने व्यवस्था

माछापुच्छ्रे बैंक र महानगरीय प्रहरी कार्यालयको संयुक्त पहलमा हात धुने व्यवस्था

 |  आइतबार, चैत ९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत ९, २०७६

माछापुच्छ्रे बैंक र महानगरीय प्रहरी कार्यालयको संयुक्त पहलमा हाल विश्वभरका अधिकांश देशमा देखिएको कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि साबुन पानीले हात धुन अनुरोध गर्दै काठमाडौँका विभिन्न स्थानमा साबुन पानीको व्यवस्था गरेको छ ।

triton college

माछापुच्छ्रे बैंकले आईतबारदेखि काठमाडौँको अत्यन्त भिडभाड हुने स्थान नयाँ बानेश्वर चोकमा ५००० लिटरको पानी ट्याङ्की तथा साबुन र स्यानिटाइजरको व्यवस्था गरेको हो ।

आइतबार बिहान बानेश्वर चोकमा व्यवस्था गरिएको हात धुने ठाउँको महानगरिय प्रहरी कार्यालय रानीपोखरी काठमाडौका प्रमुख प्रहरी नायव महानिरिक्षक विश्वराज पोखरेल तथा माछापुच्छ्रे बैंकका निमित्त प्रमुख कार्यकारी अधिृकत सन्तोष कोइरालाले संयुक्त रुपमा उद्घाटन गरे।

अत्याबश्यक कामका लागि बाहिर निस्किने आम नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै बैंकले बानेश्वर चोक लगायत काठमाडौ तथा भक्तपुरका अत्यन्त भिडभाड हुने प्रमुख १६ स्थानहरुमा हात धुने ठाउँको व्यवस्था गरेको हो ।

प्रकाशित: Mar 22, 2020| 10:18 आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्